काठमाडौँ । लेखक मोहन वैद्य ‘किरण’ को पुस्तक “हिमाली दर्शन ” र ईश्वरी ओझाको महाकाव्य “अविश्रान्त अवनी”माथि विवेचना हुने भएको छ। किरणको पुस्तकमाथि अर्का लेखक गोपी रमण उपाध्यायले समीक्षात्मक टिप्पणी राख्नुहुनेछ भने ईश्वरी ओझाको पुस्तकमाथि रवि किरण निर्जीवले समीक्षात्मक टिप्पणी राख्नुहुनेछ । २०८३ साल वैशाख ५ गते चितवनको भरतपुरमा उक्त पुस्तक विवेचना कार्यक्रम हुन थालेको हो। बिहान ११ बजे देखि उक्त कार्यक्रम सुरु हुने आयोजकहरुले बताएका छन् । यो पुस्तक विवेचना कार्यक्रमको आयोजना अखिल नेपाल जनसांस्कृतिक महासङ्घले गर्दैछ।
Comments

