काठमाडौं । केन्द्रीय संयुक्त सङ्घर्ष समितिले वैशाख ११ गते गोष्ठी गर्ने भएको छ । केन्द्रीय संयुक्त सङ्घर्ष समितिका संयोजक गौरवले २०८३ वैशाख ४ गते जारी गरेको प्रेस वक्तव्यमा सो जानकारी गराइएको छ ।
प्रेस वक्तव्य
“आज २०८३ वैशाख ४ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीका बीच गठित केन्द्रीय संयुक्त सङ्घर्ष समितिको बैठक समितिका संयोजक क. गौरवको अध्यक्षतामा बस्यो । वैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा समीक्षा गरी यही वैशाख ११ गते “वर्तमान राजनीतिक परिस्थिति र आगामी बाटो” शीर्षकमा विचार गोष्ठी गर्ने निर्णय गरेको छ । गोष्ठीको समय र स्थानबारे पछि जानकारी गराइने छ ।”
Comments

