अनाधिकृत रूपमा कब्जा सम्पत्ति फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयद्वारा सार्वजनिक सूचना जारी

काठमाडौंं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका तर अनाधिकृत रूपमा कब्जा गरिएका जग्गा तथा अचल सम्पत्तिहरू फिर्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । सूचनामा ३५ दिनभित्र अनधिकृत रूपमा कब्जा, भोग वा नियन्त्रणमा रहेका सम्पत्तिहरू त्रिविलाई बुझाउन निर्देशन दिइएको छ। त्रिविको जग्गा वा भवनहरू गैरकानुनी रूपमा प्रयोग गरिरहेका व्यक्ति, निजी कम्पनी, संघ–संस्था वा अन्य सरकारी निकायहरूलाई यो निर्देशन दिइएको हो।

तोकिएको समयभित्र सम्पत्ति फिर्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने त्रिविले जनाएको छे।त्रिवि कार्यकारी परिषद्को २०८२ चैत २३ गतेको निर्णय र त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति  खोजबिन समिति–२०८१ को प्रतिवेदनका आधारमा यो कदम चालिएको हो ।
.
खोजबिन समितिको प्रतिवेदन अनुसार त्रिविको करिब २,५०० रोपनी जग्गा हिनामिना वा अतिक्रमणमा परेको पाइएको छ। यसमध्ये कीर्तिपुर परिसरभित्रको करिब १,००० रोपनी जग्गा हराएको वा सीमा मिचिएको छे। विभिन्न १८ वटा निजी तथा धार्मिक संस्थाहरूले त्रिविको जग्गा अनधिकृत रूपमा प्रयोग गरिरहेका छन्े। ललितपुरको लुभु र पुल्चोक क्षेत्रमा रहेका करिब ४०० रोपनी जग्गा वर्षौंदेखि त्रिविको भोगचलन बाहिर रहेका छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित