इजरायली आक्रमणबाट युद्धविरामपछि गाजामा २०० भन्दाबढीको मृत्यु

काठमाडौ, १७ मंसिर । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार युद्धविराम समाप्त पछि गाजामा कम्तीमा २०० जनाको ज्यान गएको जनाएको छ।

एनडीन्युजका अनुसार अन्तर्राष्ट्रिय समुदायले नयाँ युद्धविरामको आह्वान गरे पनि इजरायलले गाजामा बमबारी शुरु गरेको छ । इजरायली सेनाले शुक्रबार हमासले बन्धक बनाएका पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। अझै पनि हमासले १७ महिला र बालबालिकासहित १३६ जनालाई बन्धक बनाएको इजरायलले बताएको छ।

आक्रमणका कारण गाजाको आकाश धुवाँको बादलले ढाकेको छ । इजरायलले आक्रमण सुरु गरेपछि गाजाबाट पनि इजरायलमा रकेट प्रहार भएको जनाइएको छ । “गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी” भएको छ । थप ६५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित