जापानको नोटो पेनिनसुला अर्थक्वेक २०२४बाट मर्नेहरुको संख्या ७८ पुग्यो

काठमाडौं, १९ पुस । जापानको नोटो पेनिनसुला अर्थक्वेक २०२४ मा परी भूकम्पमा परी मर्नेहरुको संख्या ७८ जना पुगेका अन्तराष्टिय संचार माध्यमले बताएका छन् ।भूकम्पमापरी घाईते हुनेहरुको संख्या ३सयभन्दा माथि रहेको छ । जापानको नोटो प्रायदीपलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । जापानमा गत जनवरी १का दिन ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जापानका प्रधानमन्त्री फुमियो किसिदाले उद्धार कर्ताहरुलाई प्रभावितहरुको ज्यान जोगाउन सक्दो लाग्न निर्देशन दिएका छन् । भूकम्प गएको ७२ घण्टाभन्दा माथि पुग्न लागिसकेको छ । उद्धारकर्ताहरु प्रहरी ,सेना परिचालन गरिएको छ ।भूकम्प पछि पानी ,विजुली , र फोन सेवाको संचालनमा अवरोध भईरहेको छ ।जापानले यो भूकम्पलाई नोटो पेनिनसुला अर्थक्वेक २०२४नामाकरण गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित