बंगलादेशको संसदीय निर्वाचनमा विजयीहरुको बुधबार सपथ ग्रहण हुने

काठमाडौ, २४ पुष । बंगलादेशमा भएको संसदीय निर्वाचनमा जित हासिल गरेको सदस्यहरुको सपथ ग्रहण बुधबार हुने भएको छ ।

राजधानी ढाकामा बिहान १० बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । संसदका सभामुखले सपथ ग्रहण गराउने छन् । निर्वाचनमा अवानी लिगले बहुमत प्राप्त गरेको छ । अवानी लिग सेख हसिनाको पार्टी हो ।

बंगलादेशको सत्तारुढ पार्टी अवानी लिगले २९८ स्थानमा भएको निर्वाचनमा २२३ सिटमा जीत हासिल गरेको छ । निर्वाचनमा ४१.८ प्रतिशत मत खसेको छ ।

निर्वाचनको प्रमुख प्रतिपक्ष दलले बहिस्कार गरेको थियो । हाल प्रधानमन्त्री शेख हसिनाको राजिनामा माग गरिरहेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित