अ.भा.ने.एकता समाजले पीडितलाई क्षतिपूर्ति दिलाउने र शव नेपाल पठाउने व्यवस्था  

चेन्नै । अखिल भारत नेपलाी एकता समाजले डेमलाल सुनारलाई क्षतिपूर्ति दिलाउने र नीजको शव नेपाल पठाउने व्यवस्था गरेको छ । शिवराज नगरपालिका वाड नंबर १, हचुवा, कपिलवस्तु जिल्ला निवासी समन सुनारको २५ वर्षीय छोरा डेमलाल सुनार चेन्नैको ताम्बाराममा अवस्थित रोयलेक्स होटलमा काम गर्दथे। उनी अचानक २ जुलाई २०२४ का दिन होटलमा काम गर्ने दौरानमा करेन्ट लागेर छटपटाइ रहेको अवस्थामा देखेर तुरंत हस्पिटलमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । त्यस पछि उक्त घटनाको जानकारी राती ३ बजे नीजका दाजु सागर सुनारले अखिल भारत नेपाली एकता समाजलाई जानकारी गराएका थिए। उज्यालो हुन साथ समाजका महासचिव महेन्द्र वश्याल र केन्द्रीय सदस्य राम कुमा केसी घटना स्थलमा पुगेर घटनाको जानकारी लिएका थिए । त्यस पछि घर मृतककी श्रीमती र बुवासंग समाजका महेन्द्र बस्यालले कुरा गरेका थिए । परिवार जनको सल्लाह अनुसार मृतकको शव नेपाली लग्ने कुरा भयो। त्यस पछि होटल मालिक संग कुरा गरी क्षतिपूर्ति र शव नेपाल पुराउने प्लेनचार्ज दिलाउने सहमति पछि पेरूङगलातुर पोलिस स्टेशनमा गएर प्रशासनिक काम सकिएको थियो । पोस्टमार्टम गरे पछि शवप्लेन द्धारा नेपाल पठाउने तयारी गरिएको छ।यस संकटको समयमा अखिल भारत नेपाली एकता समाज मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ । शव नेपाल पठाउन प्रहरी स्टेशनमा उपस्थित अखिल भारत नेपाली एकता समाज , एकता मन्च र आफन्तजनहरू जस्तै महेन्द्र बस्याल, राम कुमार केसी, सागर सुनार (दाजु) प्रकाश विक, हरी विक, तेज बहादुर विक, रेमस सुनार, दिनेश सुनार, प्रदिप प्रतेल, कृष्ण रसाइली, राम विक, अर्जुन सुनार, प्रकाश एम, सुसमिता रसाइली, दान बहादुर सुनार, सिन्के सुनार, अनिल सुनार, खिम बहादुर सुनार , निर्मला आउरी, वेगम सुनार, भूपेन्द्र महरा, अशोक महरा र जुमान सुनार रहेका थिए।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित