ऐथलेटिक विजेता वनिता (रिदम) वराललाई हार्दिक बधाई !

चेन्नै, भारत । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिकी सदस्य तुलसा वराल र चेन्नै उत्तर नगर समितिका उपाध्यक्ष सोनु वरालकी छोरी तथा रक्तिमकी कलाकार वनिता वराल चेन्नैको क्रिस्ट चर्च एङलो इन्डिया स्कूलको कक्षा ८ मा अध्यानरत छन् । पढाइमा अब्बल हुनुका साथै खेल–कूदमा पनि निकै रूची राख्छिन । आमा वावुकी एक मात्र प्यारी छोरी वनिता (रिदम) वरालले स्कूलहरूले आयोजना गरेको क्षेत्रीय एथलेटिक्सको रनिंग, हाइजम र लङजम प्रतियोगितामा प्रथम विजेता बन्न सफल भएकी छन् ।
१९ जुलाई २०२४ का दिन चेन्नैको राजारत्न स्टेडियममा आयोजना गरिएको उक्त खेलमा प्रथम स्थान प्राप्त गरि तमिलनाडु पोलीस प्रशासनका आईपीएस अफिसरको हातबाट प्रथम पुरस्कार (गोल्ड मेडल) ग्रहण गरेकी छन । यस खुसीको अवसरमा अखिल भारत नेपाली एकता समाज प्रथम पुरस्कार विजेता वनिता वराललाइ अझै उच्च स्थानमा जग्गा बनाउन सफल रहने छन भन्ने हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित