२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी)मा उपचार गर्न आउने बिरामीलाई विशेष ध्यान दिँदै उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । कुनैपनि ढिलासुस्ती नगरीकन उपचार गर्न प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।आकस्मिक कक्षमा उपचार गर्न आउने विरामीलाई उपचार दिएर स्वास्थ्य अवस्था स्थिर बनाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए सेवा पाउने ठाउँमा पठाउन आग्रह गरेको छ । अर्को अस्पतालमा पठाउँदा सो अस्पतालसँग समन्वय गरेर बिरामीलाई चाहिने सेवा उपलब्ध हुने अवस्थामा मात्र पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।धेरै जसो अस्पतालहरुमा आकस्मिक कक्ष विरामीहरुले निकै शास्ती पाउने गरेका छन् । लामो लाइन लाग्नु पर्ने , सेवा सुविधा नहुने ।पर्याप्त जनशक्तिको अभाव , विषशेज्ञ चिकित्सकको अभाव ,पर्याप्त बेडहरुको अभाव जस्ता समस्याहरु अस्पतालका आकस्मिक कक्षहरुले झेल्दै आएका छन् । यी समस्यहरु समाधान गर्न मन्त्रालयले खासै ध्यान नदिईकन सुविधा दिन मात्रै आग्रह गर्दा सेवा दिन सजिलो भने रहेको छैन ।

