भिवाडी ।अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समिति अन्तर्गत चौपाङकी भिवाडी खोरीमा कार्यरत नेपाली मज़दूरहरूबीच २ अक्टोबर २०२४ अध्यक्षता चन्दर बहादुर बिक र जनक चन्दरको स्वागतमा एक भेला सम्पन्न भएको छ । भेलामापश्चिमउत्तर क्षेत्रीय समितिका अध्यक्ष बाबुराम बस्नेतले अखिल भारत नेपाली एकता समाजको लक्ष्य र उद्देश्य लगायत वर्तमान राजनैतिक विषयको बारेमा प्रष्ट पारेका थिए ।भेला सफलताको शुभकामना दिनेहरुमा कमला खड्का ,करिना शाह सुमित्रादेवी रहेका थिए ।उक्त भेलाले चन्दर बहादुर वि. क को अध्यक्षतामा ९ पूर्ण १ सल्लाहकार गरी १० सदस्यीय एरिया समिति गठन गरेको छ। जसको उपाध्यक्ष जनक चन्दर, सचिव दिपक अधिकारी , कोषाध्यक्ष प्रमान्नद शर्मा, सदस्यहरू टिक बहादुर थापा, शिव कुमार श्रेष्ठ, कमल श्रेष्ठ, रूद्द क्षेत्री, प्रकाश शुनार र सल्लाहकार जीवन सुनार रहेका छन। नव गठित समितिलार्इ नगर अध्यक्ष अमृतकुमार केसीले बधाइ दिएका थिए ।

