काठमाडौं । आईकोर ( क्रान्तिकारी पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति) को मध्य पूर्व समन्वय समितिले जोर्डनियन डेमोक्रेटिक पपुलर युनिटी पार्टीका उपमहासचिव डा. इस्साम अल–ख्वाजाको गिरफतारीको कडा निन्दा गरेको छ । एक वक्तव्य जारी गरी सो निन्दा गरिएको हो ।
गाजामा जनता विरुद्ध भइरहेको यहुदीवादी नरसंहारको निन्दा गर्दै शान्तिपूर्ण जनप्रदर्शनमा भाग लिएपछि जोर्डनियन डेमोक्रेटिक पपुलर युनिटी पार्टीका उपमहासचिव डा. इस्साम अल–ख्वाजालाई गिरफ्तार गरिएको थियो ।
वक्तव्यमा भनिएको छ – “यो गिरफ्तारी जनता र उनीहरूका प्रगतिशील शक्तिहरू विरुद्ध जोर्डन राज्यद्वारा चलाइएको दमनको अभियानको सन्दर्भमा आएको हो ” । वक्तव्यमा अगाडि भनिएको छ
“जोर्डनको शासनले असहमति जनाउने आवाजहरूलाई मात्र दबाउँदैन, तर यहुदिवादी युद्ध संयन्त्रलाई समर्थन गर्न प्रतिक्रियावादी र सहयोगी भूमिका पनि खेल्छ। …….. गाजाका मानिसहरू घेराबन्दीमा छन्, भोकाएका छन् र बमबारीमा परिरहेका छन्।
….. जोर्डनका कम्युनिष्ट र प्रगतिशीलहरू, जताततै जस्तै, साम्राज्यवाद, यहूदीवाद र उनीहरूको सेवा गर्ने प्रतिक्रियावादी शासनहरू विरुद्धको अन्तर्राष्ट्रिय मोर्चाको अविभाज्य भाग हुन्। हामी कामरेड डा. इस्साम अल–ख्वाजा र जोर्डनमा रहेका सबै राजनीतिक बन्दीहरूको तत्काल र बिना शर्त रिहाइको माग गर्दछौं। हामी विश्वभरका प्रगतिशील शक्तिहरूलाई जोर्डन र प्यालेस्टिनी लडाकुहरूसँग र कब्जा र देशद्रोहको प्रतिरोध गर्ने सबै आवाजहरूसँग ऐक्यबद्धताको व्यापक अभियान सुरु गर्न आह्वान गर्दछौं।
साम्राज्यवाद समर्थक प्रतिक्रियावादी अरब शासनहरू मुर्दावाद !
प्रतिरोध र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि हो
जनताको संघर्ष अमर रहोस् ! ”

