नवलपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुर जिल्ला अन्तरगत गैंडाकोटमा भ्रष्टाचार विरोधी अभियानकै क्रममा एक भेला सम्पन्न भएको छ । दोलराज शर्माको अध्यक्षता तथा बालकृष्ण के.सि.ले सञ्चालन गर्नुभएको सो कार्यक्रममा केन्द्रीय सदस्य बिशाल, दीपक एवं जिल्ला सदस्य तथा गैंडाकोट नगर सचिव पुष्पको उपस्थिति रहेको थियोे । भेलामा अतिथिहरुले पार्टीले अगाडि बढाएको भ्रष्टाचार विरोधी अभियानको आवश्यकता र महत्त्वमाथि प्रकाश पार्दै भ्रष्टाचार, घुस ,कमिसन आदिले देश आक्रान्त बनेको छ , त्यसका विरुद्ध पार्टीले एक्लै वा अन्य पार्टीहरुसङ्ग मिलेर कडा भन्दा कडा संघर्ष गर्ने कुरा राख्नु भयो ।
भेलाले पार्टीको संगठनात्मक तथा आर्थिक विषयमा व्यापक छलफल पछी अग्नीको नेतृत्वमा ९ सदस्यीय गैंडाकोट ( क )सेलको गठन तथा कृष्णको नेतृत्वमा (ख ) सेलको गठन गरिएको छ ।नवनिर्वाचित समितिलाई पुष्पले बधाई दिनु भएको थियो भने भेलाका अध्यक्षले धन्यवाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।
गैंडाकोटमा गाउँ भेला सम्पन्न

Comments