काठमाण्डौ । ज्ञानशाला अनुसन्धान केन्द्र , नयाँवजार , काठमाडौको आयोजनामा मा.वि.( ९ — १०) का विद्यार्थीहरु बीच भएको काठमाडौ जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता २०८२।०८।२७ गते शनिवार सम्पन्न भएको छ । अध्यक्ष श्री भोलानाथ ढकालको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धन प्रसाद सुवेदीको प्रमुख आतिथ्यता, शिक्षाविद् श्री मनोज कुमार श्रेष्ठ , शिक्षा विद् डा चुडा ढकाल, गण्डकी कलेजका डाईरेक्टर श्री द्रोण प्रसाद अधिकारी , गण्डकी कलेजका प्राचार्य श्री शिशिर अर्याल, किडस् पावर इन्टरनेसनलका प्रशिक्षक शुष्मा पोखरेल, साहित्यकार तथा विषय विज्ञहरु नवराज रिजाल, शेखर अर्याल, नारायण निरासी, नवराज अर्याल, पत्रकार शुकदेव दाहाल लगायतका व्यक्तित्वहरुको आतिथ्यतामा गण्डकी कलेज म्हेपीमा निवन्ध प्रतियोगिता आयोजना गरिएको थियो । विष्णु हरि देवकोटावाट सञ्चालन तथा उद्घोषण गरिएको र गण्डकी कलेजका डाईरेक्टर द्रोण प्रसाद अधिकारीले स्वागत गर्नुभएको सो कार्यक्रममा काठमाडौका २७ विद्यालयका ५२ जना विद्यार्थीहरु सहभागी हुनु भएको थियो। उक्त कार्यक्रममा श्री सरस्वती मा वि , क्षेत्रपाटीकी छात्रा आर्या शाक्य प्रथम , फ्यूचर स्टार मा. वि , छाउनीकी छात्रा श्रीया पराजुली द्वीतिय, अमृत मा वि , म्हेपीकी छात्रा सफलता वराल तृतिय, हिमरश्मि मा वि की छात्रा प्रतिक्षा गौतम र प्रारम्भ मा वि की छात्रा द्धिविशा सापकोटाले सान्तवना पूरस्कार प्राप्त गर्नु भएको थियो। प्रथम,द्वीतिय, तृतीय र सान्त्वनालाई क्रमशः रु १०,००० , रु ७५००, रु ५०००, रु २५०० र २५०० नगद पूरस्कार, कप र प्रमाणपत्र र सहभागी सवैलाई प्रमाणपत्र प्रमुख अतिथिको हातवाट प्रदान गरियो । किडस् पावर इन्टरनेसनलका प्रशिक्षक शुष्मा पोखरेलले विद्यार्थी तथा उपस्थित शिक्षक , कर्मचारी तथा अतिथिहरुलाई सुरक्षा सीप सम्वन्धी कार्यक्रममार्फत महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो भने प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धन प्रसाद सुवेदीले आफु पनि प्राध्यापन पेशावाट सहित्य लेखन हुँदै अगाडि बढेको र कथा , कविता, निवन्ध लेखन जस्ता कार्यक्रमले लुकेर रहेको अन्तरनिहीत प्रतिभा पहिचान गर्न र साहित्य तथा शैक्षिक , सामाजिक कार्यमा प्रोत्साहित गर्ने भन्दै आगामी दिनमा पनि निरन्तरता दिन उत्साहित वनाउनु भयो। शुकदेव दाहाल, शिक्षाविद् मनोज कुमार श्रेष्ठ, नवराज अर्याल, शेखर अर्याल शुष्मा पोखरेल लगायतवाट शुभकामना मन्तव्य राखिएको कार्यक्रममा अन्तमा अध्यक्ष भोलानाथ ढकालवाट कार्यक्रममा विभिन्नरुपवाट सहयोग पु¥याउनु हुने गण्डकी कलेज, विभिन्न सहभागी विद्यालयहरु, संघ संस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद दिई तथा आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

