यो चुनावको परिणामले राष्ट्रियता गम्भीर संकटमा पर्ने देखिन्छ

 

सोमन सिंह तामाङ
काभ्रेपलाञ्चोक जिल्ला इञ्चार्ज,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

0 तपाईँलाई निर्वाचन बहिष्कारका क्रममा प्रहरीले गिरफ्तार गरेको थियो । कहिले कहाँबाट गिरफ्तार गरिएको थियो ?
– मलाइ काभ्रेपलान्चोक जिल्ला बनेपाको चैतन्य रोडको एक चिया होटलबाट सिभिल पुलिसले फागुन १३ गते गिरफ्तार गरेको थियो । ६ दिनको हिरासतलाई गैरकानूनी घोषित गरेर सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश जारी गरेको थियो । सो आदेश सहितको पत्र बुझी भाइ उजुरमान तामाङलाई जिम्मा बुझेको कागजमा सही गर्न लगाई जिल्ला प्रहरी कार्यालयले छोड्नासाथ सोही प्रहरी कार्यालयको गेट बाहिरबाट फागुन १९ गते साँझ ६ ०० बजेको समयमा  गरिफ्तार गरी ईलाका प्रहरी कार्यालय, बनेपामा ल्याई हिरासतमा राखिएको थियो।

0 तपाईँलाई कुन ठाउँको हिरासतमा राखिएको थियो ?
– मलाई कहिले बनेपा कहिले धुलिखेल गरि रातको समयमा आोहोर दोहोर गरायो ।

0 हिरासतमा रहँदा तपाईँप्रतिको प्रहरी प्रशासनको व्यवहार के कस्तो थियो ?
– हिरासत रहँदा प्रहरीले खासै दुर्व्यवहार गरेन झुट्टा मुद्दा लगाउन अनेक प्रपञ्च गरे अहिले पनि जारी छ ।

0 हिरासतमा राखिएका अन्य विभिन्न मुद्दामा आएका मानिसहरूसँग पनि भलाकुसारी गर्नुभयो होला। उनीहरूसितको सम्बन्ध सुनाइदिनु न ।
–  विभिन्न बिषयमा हिरासत रहेका साथी उहाँहरूका आफ्ना लागेका आरोपहरू जीवनमा घटेका घट्ना बारे छलफल हुन्थ्यो ।उहाँहरूई लागेका आरोपहरू सुन्ने र सुनाउने गर्थ्यो ।त्यहाँ रहेका सबै साथीहरू संबन्ध सौहार्दापूर्ण रहयो । केहीलाई आफूले गरेका कार्यबाट रूपान्तरण गराउन प्रयास गरियो ।कतिपयमा आत्मग्लानी थियो ।

0 फागुन २१ गतेको निर्वाचन सम्पन्न पनि भइसक्यो र त्यसको परिणाम पनि आइसकेको छ। यो निर्वाचनलाई संक्षिप्तमा मूल्याङ्कन गर्नुपर्दा के भन्नुहुन्छ ?
–पुरानोको हार नयाँ जित देखियो जनता परिवर्तनको पक्षमा देखिन्छ ।तर यो चुनावको परिणामले राष्ट्रियता गम्भीर संकटमा पर्ने देखिन्छ ।

0 क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी पार्टीहरूले अबको दिनमा के कस्ता कार्यक्रमहरु बनाएर जानुपर्छ भन्ने बारेमा तपाईंको विचार के छ ?
–क्रान्तिकारीहररूको लागि अबको दिनहरूमा झनै संकट आई पर्ने देखिन्छ । क्रान्तिकारीहरूले देशको अवस्था आफ्नो शक्ति हेरेर कार्यक्रम बनाउनु पर्दछ । हाम्रो पार्टी जनताबाट टाढिएको छ । जनतासंग जाने ,जनतासंग लिने र दिने माओको जननीतिलाई व्यवहारमा कार्यक्रम बनाएर जनतासंग जानू पर्दछ ।मनोगत योजना र कार्यक्रमले पार्टी उठ्न सक्दैन ,बस्तुगत धरातल र यथार्थलाई सबैले स्वीकार गर्नु पर्दछ ,अनि मात्र ठीक कार्यक्रम बनाउन सकिन्छ ।  000

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित