वामपंथी नेता घनेन्द्र बस्नेत उपचारको लागि सोमबार दिल्ली जाने

काठमाडौं । वामपंथी नेता घनेन्द्र बस्नेत उपचारको लागि सोमबार दिल्ली जानु हुने भएको छ । बस्नेत क्यान्सर रोगसित जुधिरहनु भएको छ। वामपन्थी नेता घनेन्द्र बस्नेतलाई फोक्सो र घाँटीको क्यान्सर भएको छ। उहाँ नेपालको झापा किसान विद्रोहका एक अगुवा एवं नेकपा(संयुक्त)का वरिष्ठ नेता हुनुहुन्छ ।

बीरगञ्जमा क्याम्पस पढ्दा झापा विद्रोहको प्रभाव परे पछि उहाँ त्यस आन्दोलनमा जोडिनुभएको थियो । बीरगञ्जबाट झापा गएर विद्रोमा लाग्नुभयो । २०३० साल कार्तिक ३० गते झापाको घैलाडुबाबाट बस्नेत पधmाउ पर्नु भएको थियो । २०३३ साल चैत्र १२ गते नख्खुजेल ब्रेक गर्ने १५ जना मध्ये एक जना घनेन्द्र बस्नेत पनि हुनुहुन्थ्यो । तर ५ दिन पछि २०३३ साल चैत्र १६गते नरेश खरेल र घनेन्द्र बस्नेत पुन वाराको अमलेखगञ्जबाट पक्राउ पर्नुभयो र १७ वर्ष जेल जीवन विताउनुभयो । झापा विद्रोहका १२ जनालाई २०४६ पौष १९ गते रिहा गर्दा घनेन्द्र बस्नेत पनि रिहा हुनुभएको थियो ।

सामान्य किसान परिवारमा जन्मिएका बस्नेतको आर्थिक अवस्था निकै कमजोर भएकाले आफ्नै खर्चमा उपचार गर्न असम्भव देखिएपछि सहयोद्धा र शुभचिन्तकहरूले सहयोग संकलन अभियान सुरु गरेका छन् ।

बस्नेतको जीवन रक्षाका लागि नेता घनश्याम भुसालको संयोजकत्वमा टंकप्रसाद कार्की, नरेश खरेल, डा..नारद भारद्वाज र सञ्जीव रोकाहा सदस्य रहेको एक समन्वय समिति गठन गरिएको छ । भुसालका अनुसार २००९ सालमा भोजपुरमा जन्मेका बस्नेत २०४८ मा संखुवासभा र २०५६ मा भोजपुरबाट सांसद समेत निर्वाचित हुनुु भएको थियो । उनी भूमिसुधार आयोगको अध्यक्ष समेत हुनुु भएको थियो । नेकपा विभाजित भई नेकपा एकीकृत समाजवादी बने पछि बस्नेत पार्टी उपाध्यक्ष बन्नुभयो । माधव नेपाल र झलनाथ खनालले प्रचण्ड सित पार्टी एकता गरे पछि बस्नेत घनश्याम भुसाल समूहमा रहनुभयो ।

– रामबहादुर बुढा

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित