वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्नुपर्दछ :वीरबहादुर पुन

 

प्युठान – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति प्युठानका सचिव वीरबहादुर पुनले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको व्यवस्थापन हुनुपर्दछ भन्ने विचार राख्नुभएको छ । प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाले सुकुम्बासीका समस्याबारे जेष्ठ ७ गते राखेको  एक छलफल कार्यक्रममा पुनले सो विचार प्रकट गर्नुभएको हो। आफ्नो विचार राख्ने क्रममा पुनले भन्नुभयो 

“ वास्तवमा सुकुम्बासी को हो, कसले कति जमिन अतिक्रमण गरेको छ, उसको अघिल्लो स्थायी बसोबासको अवस्था के छ? त्यस बारेमा यथार्थ पहिचान गरेर त्यसको निकास सहित अगाडि बढेमा ठिकै हुन्छ। सबैलाई सोलो डोलोमा सबैलाई हुकुमबासी देखेर सबैलाई  जमिन अतिक्रमण गरेको देखेर जाने हो भने त्यसले अप्ठ्यारो पार्न सक्छ। थुप्रै मानिसहरुलाई अहिले बिचल्ली भइरहेको हामीले देखिरहेका छौं । त्यस्तो स्थिति हाम्रो जिल्लामा र हाम्रो पालिकामा आउन दिनुहुँदैन । 

 

जमिनको नाममा एक टुक्रा जमिन नभएका मान्छे पनि यहाँ छन्। ती मान्छेहरु कुन कुन हुन् भन्ने बारेमा नगरपालिकाले अहिलेसम्म किन डाटा तयार पार्न सकेको छैन ?  साविकको स्वर्गद्वारी गाविसको वडा नम्बर ७ मा चानचुन ८० देखि १०० घरजति होलान् ।  सुकुम्बासीहरू तिनीहरू हुन्। तिनीहरूको बारेमा नगरपालिकाले के सोचिरहेको छ कि त  स्वर्गद्वारी आश्रमले उनीहरुको समस्या समाधान गर्नु प¥यो ,यदि त्यसो हुन सक्दैन भने उनीहरूलाई सूचीकृत गरेर उनीहरूको व्यवस्था गर्ने बारेमा नगरपालिकाले सोच्नुपर्छ र कार्यक्रम बनाउनुपर्छ । ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित