नारायण प्रसाद भण्डारी
विश्व कम्युनिष्ट आन्दोलनको इतिहास लाई गहिरो संग अध्यन गर्दा विगतका ठूला ठूला भीषण शसस्त्र युद्ध एवं आन्दोलन दबाउन सामन्तवादका अपराधी र पश्चिमा (र) साम्राज्यवादका दलाल विचौलियाहरुले गरेका नरसंहार लाखौं लाख जनताको वस्ती खालि गरेर देश निकाला गर्दाका दर्दनाक घटनाहरुको स्मरण एव अध्ययन गर्न खोजियो भने सवप्रथम विश्व कम्युनिष्ट आन्दोलनका पथ प्रदर्शक विश्व ख्याति प्राप्त वैज्ञानिक सर्वहारा वर्गका अविभावक राजनैतिक सामाजिक आर्थिक सास्कृतिक दर्शनशास्त्र अर्थशास्त्र द्धन्दात्मक भौतिकवादका महान दार्शनिक संसारका मजदुर एक हौ,भन्ने महान शब्दावलीलाई तत्थ्य सत्य अकाट्य हुने गरि प्रमाणित गरेर देखाउन सक्ने विश्व इतिहासमा सुनौला अक्षरले कहिल्यै नमेटिने गरि लेख्न सफल व्यक्तित्व र्कालमाक्सको नाम सम्झन सके मात्र पनि अर्कै अनुभूति हुन्छ ।अहिले २१औं शताब्दीको कम्प्युटर युगले समेत पार गर्दै अर्को नयाँ प्रविधि मूलकको खोजीगर्ने समय सम्म आइ पुग्दा पनि कुनै दार्शनिक वैज्ञानिक विद्धानहरुले समेत खण्डन गर्न र माकर््सवादको विकल्पमा अर्को नयाँ विचार दिन समेत नसक्ने गरि प्रतिपादन गरिएको विज्ञान सम्मत दर्शन सिद्धान्त विचार बुद्धि विवेकका खानी क र्माक्सको जन्म सन १८१८,मै (५) को दिन जर्मनको राइन प्रान्त दक्षिण प्रसियाको ट्रियर नामक शहरमा भएको थियो ।उनले यो संसारमा दिन सक्ने कहिल्यै हराउन नसक्ने किसिमको योगदान दिएर सन१८८३(१४)मार्च को दिन संसारका सर्वहारा वर्गको लागि अति पीडादायी अनुभूति गराउँदै अविभावक विहीन बनाएर प्रकृतिको नियम पालना गर्दै भौतिक शरिरबाट विदा भए तर उनका युगौं युग सम्म सधै रहिरहने मार्ग दर्शक योगदानहरु सबै वर्गको लागि आवश्यक रहि रहने छ । वैज्ञानिक शिक्षाको अमिट छाप झन पछि झन ताजा र जीवित छन ।मार्कस लाई नजिकबाट चिन्न सक्ने अति निकट हितैषी कहिल्यै कुनै विषयमा भेदभाव विना सफलता हासिल गर्नमा हरेक पक्षमा सहयोग पुराउने क एगेंल्स माकर््सवादका अध्ययताहरु क लेलिन, स्टालिन र माओ अग्रस्थानमा पर्छन भने । अन्य कम्युनिष्ट आन्दोलनको बारेमा र माकर््सवाद लाइ केहि अशं मात्र बुझन खोज्नेकोे सख्या असख्य होलान तर अध्यता बनेर ब्यबहारमा उर्तान सक्ने हरुको सख्या कमि नै रह्यो । कम्युनिष्ट आन्दोलनमा माकर््स भन्दा अझ दार्शनिक बन्न दम्भ घमण्ड राख्ने तर बुझन नसकेर आफैलाई बदल्न नसकेर जीवननै र्बवाद गरेका अन्तमा गन्तब्यमा पुग्न नसके पछि मन्दिरमा बसेर माला जप्न सम्म पुगेका घटना धेरै भेटिन्छन । कल्पना गरौं माक्र्स कति दूरदर्शी कति तेजिलो दिमाग भएका अलौकिक शक्तिका महामानवको जन्म यो धर्तिमा हुनु विश्व सर्वहारा वर्गको लागि ठूलो संयोग थियो । त्यस्ता महान व्यक्तित्वमाथि विश्व कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न साम्राज्यवाद र दलाल पुँजीवादले आफनो शक्ति पुरै लगाएर गर्नु पर्ने हर्कतमा कुनै कमि राखेन। माक्र्स यी दुश्मन सँग हार्न जानेनन् कहिल्यै विचलित हुन पनि जानेनन् उनको त्यो शाहस देखेर जेनि माक्र्स पनि निरन्तर हावा हुरी बतास अाँधी बेहरी तुफान सँग निरन्तर लडिरहिन् संर्घष गरिरहिन्। थुप्रै चुनौति आइलागे तर ती अदभूत क्षमताका धनी दुवै जना हार खाने त प्रसंगै भएन थोरै कमजोरीको महसुस सम्म गरेनन् ।त्यसरी मात्र विश्व कम्युनिष्ट आन्दोलन उचाइको शिखरमा पुगेर सफल्ता हाँसिल गर्न सकेको थियो । सफलताको बाधक निजी स्वार्थ धनी हुने सोच अवसरवादी चरित्र बेइमानी छलकपट देखि उनीहरु सधै टाढा रहेर मात्र सम्भव भएको हो ।आफनो निजी सम्पत्ति केही रहेन । जीवन खुल्ला आकाश मै बिताएर विश्वका करोडौ अरबौं मान्छेको मन मस्तिष्कमा बस्न सफल भए । माकर््सले आफनो बाँकी रहेको विश्व कम्युनिस्ट आन्दोलनको बाकीँ कार्यभार एगेंल्स लाई छोडेर संसारबाट विदा लिए तर उनका महान वैज्ञानिक विचार द्धन्दात्मक भौतिकवादी माकर््सवादी दर्शन जस्ताको तस्तै जिवीत छन ।तिनका ती महान विचार लाई आत्म साथ गर्न नसक्ने हरुले आज कम्युनिष्ट आन्दोलन लाई साम्राज्यवादका मतियार शंसोधनवादका चाटुकार बनेर दलाल संसदीय भ्रष्टचारको आहालमा डुब्दै सर्वहारा वर्गको मुक्ति विपरीत यात्रामा बाधक बनिरहेका छन ।
वास्तवमा कम्युनिष्ट विचार सिद्धान्तमा अडिग भएर राजनैतिक वैचारीक सहितको नेतृत्व एवं सर्वहारा वर्गको अविभावकत्व प्रदान गर्न सक्ने क्षमतावाल बुद्धि विवेकी राजनैतिक वैचारीक सैद्धान्तिक विषय वस्तुमा निपूर्ण व्यक्तित्व अन्तिम क माओ भन्दा पछाडि विश्वका कुनै पनि देशमा जन्मन सकेनन ।त्यसकारण वर्तमान विश्व कम्युनिष्ट आन्दोलनको परिवेश र नेपालको कम्युनिष्ट आन्दोलन माथि साम्राज्यवाद दलाल पुँजीवाद (र) शंसोधनवाद एनजीओ आइएनजीओ दक्षिणन्थी अवसरवादले चारैतिर बाट घेराबन्दी गरेर आक्रमण मात्र नभै धराप मै पार्ने वर्गीय मुक्तिको लागि जीवन बलिदान गर्ने महान क्रान्तिकारी लाल योद्धामाथि निसाना बनाइरहेका छन । जसको ज्वलन्त उदाहरण हालै भाद्र २३,२४को जेनजी विद्रोह माथि भएको कुठाराघात त्यहि आन्दोलनको जगमा टेकेर बनेको कठपुतली सरकारको रबैयामा पराधिन साम्राज्यवादको ग्राइनडिजाइनमा भएको निर्वाचन, रवि र बालेनको एकता फेरि जेनजी आन्दोलन पछि भ्रष्टचारीहरुका नयाँ नयाँ तरिकाबाट जनताका आखाँमा छारो हालेर जुनकुनै हरकत बाट गुमेको विरासत र्फितागर्ने तर कम्युनिस्ट आन्दोलनलाई जसरी पनि समाप्त पारेर साम्राज्यवादको पृष्ठपोषण गर्ने बाहेक अन्य हुन सक्दैन ।
नेपालको कम्युनिष्ट आन्दोलन माथि साम्राज्यवादले किन निशानाको तारो बनाउन सफल भएको छ र किन कम्युनिस्ट आन्दोलन धरापमा पर्दै छ ?
१) कम्युनिष्ट विचार सिद्धान्त बाट नेतृत्वको विचलन यसको प्रमुख कारण हो । कुनै पनि संस्थाको प्रमुख नेतृत्व भनेको संस्थाको मूल्य मान्यता संग जोडिएको हुन्छ । नेतृत्वले सस्थालाई जता डोराउँछ सस्था उतै उतै डोराइन्छ ।संस्था राम्रो नराम्रो दुबैको जस अपजस संस्थाको भविष्य सम्पूर्ण पक्ष नेतृत्व मै जान्छ । कम्युनिष्टको नेतृत्वको जिम्मेवारी बहन गर्नु भनेको फलामको चिउँरा चपाए सरी हुन्छ । कम्युनिष्ट नेतृत्वले संसारलाई बुझन र बदल्नको लागि सब भन्दा पहिले स्वयं आफै सच्चिने बदलिने भएन भने बाँकी सबै कुरा कल्पना मात्र हुन्छ । खोक्रो कुरा कसैले पत्याउने हुदैन सबै निरर्थक हुन्छ ।जस्का केही उदाहरण ।
क) सर्वप्रथम म कम्युनिष्ट हुँ भन्ने कुरा समाजले विश्वास गर्ने आधार र कम्युनिष्ट विचारकमा हुनु पर्ने अनिवार्य शर्त त्यसमा पनि नेतृत्वमा हुनु पर्ने गुणहरु के के हुन ?
१)अनुशासन ,२)जुन सुकै पक्षमा पारदर्शीता, ३)विद्धान सबै कुरामा दक्ष निपूर्ण ,ठोस वस्तुको ठोस विश्लेषण गर्न सक्ने ,४)दया माया स्नेह सहितको निडर ,५ ) त्यागी ,६) इमान्दार, ७)निजी सम्पत्तिको लोभ मोहदेखि टाढा रहन सक्ने, ८)विपक्षीलाई पनि आर्कषण गरेर आफनो विचारमा सहमत गराउन सक्ने क्षमतावाल, ९) कुटनीतिज्ञ ,१०) छलछाम देखि सावधान रहने ,११)साधा जीवन उच्च विचार भएको ,१२)परिश्रमी ,१३)भौतिकवादी विचारमा दृढ ,१४)कुनै पनि कुलत शब्द सम्म नअगाल्ने ,१५)विषय वस्तुको अध्ययता ,१६)सत्यमा अडिग, अन्याय अत्याचारको विरोध गर्न सक्ने ,१७) समस्या आपत विपतमा धैर्य संयमता अपनाएर समस्याको माकर््सवादी तरिकाले हल गर्न सक्ने ,१८)भद्र स्वभाव कम बोलेर धेरै काम गर्न सक्ने ,१९ ) समाजमा आफनो पारिवारीक जीवन नमुना योग्य बनाउन सक्ने २०)स्वाभीमानी , आत्म रक्षाको प्रशिक्षक एवम् स्वस्थ निस्वार्थ समाजसेवी लगायतका अन्य झिना मसिना कुराहरुमा कही कतै विरोधीले प्रश्न चिन्ह खडा गर्न नसकोस् ।
जति विषयवस्तु माथि उल्लेखित भए ,सम्पूर्ण कुराको रतिभर कमी नभएका शक्तिशाली व्यक्तित्व भनेका विश्वका शक्तिशाली, शाहसी ,वैज्ञानिक, विद्धान ,दार्शनिकहरु भनेकै अहिले सम्म पनि माकर््स,एगेंल्स,स्टालिन लेनिन र माओ यिनै ५वटा हुन् । त्यसैले उनीहरुको कार्यकाल सफल भयो सफलता हासिल गरे र मात्र मालेमावाद एवम् दर्शनशास्त्रका ज्ञाता विचारका खम्बाको रुपमा परिचित भए । कम्युनिष्ट आन्दोलन पुरानो इतिहास जसले सिगों युगलाई बदल्न सक्ने शक्तिशाली हुन्छ तर विडम्बना अहिले नेपालको कम्युनिष्ट आन्दोलनको माथि उल्लेखित कारणबाटै साम्राज्यवादले मौका पायो र समाप्त पार्नमा अहोरात्र लागि परेको छ । यदि यहि अवस्था रहेमा सायद नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्टको विचारमा निष्ठावान व्यक्ति समेत राँको बालेर खोज्नु सम्मको अवस्थामा पुग्दै छ र अब कम्युनिस्ट आन्दोलन नै समाप्त हुने अवस्थाका खर्तनाक संकेतहरु देखिदै छन । दर्शन, दृष्टिकोण त्याग तपस्या स्वार्थ विहिन इमान्दारीता नैतिक्ता मेहनत उत्पादन बाट र्निभरता हरेक विषय वस्तुमा पार्दशिता विस्वास विगत देखि हाल सम्म जीवन बलिदान गर्ने बेपत्ता घाइते अपागंहरु प्रतिको जिम्मेवारीता, समान भविष्यको ग्यारेन्टी, शिक्षा ,स्वास्थ्य, गास, बास, कपासको ग्यारेन्टी लगायतका कुरा जे जति हुनु पर्दथ्यो हुन सकेन । त्यसको बदला आफ्नै र आफन्त नातावाद कृपावाद भ्रष्ट अवसरवाद मनले चाहेक नभएमा गुट उपगुट हुदै पार्टी फोड्ने विर्सजनको बाटो मात्र उज्यालो देख्ने इमान्दार कार्यकर्ता प्रतिको अपमान गर्ने षडयन्त्रकारी भासतर्फ जान खोजेकै कारण विश्व कम्युनिष्ट आन्दोलन धरापमा पर्दै जाने थुप्रै खतराका संकेत अहिलेको परस्थितिले देखाउदै गएको अवस्था छ । त्यसकारण समयमै यस प्रति ध्यान आन्दोलनका नेतृत्वदायी भूमिका खेल्ने हरु सबैले समयमै विचार पुराइएन भने भोलिका चिन्ताको कुनै अर्थ रहने छैन सबैमा चेतना जागोस धन्यवाद ।
मालेमावादबाट विचलित पश्चिमाको पृय पात्र बन्दाको परिणाम
Comments

