जनसंख्या ः राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २, ९१,६४,५७८ रहेको छ, जसमध्ये पुरुषको संख्या १,४२,५३,५५१ (४८.८७ प्रतिशत) र महिलाको संख्या १,४९,११,०२७ (५१.१३ प्रतिशत) छ ।
अन्य लिंङगीको जनसंख्या ः राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिंगी (लैगिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २,९२८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ ।
जात÷जाति अनुसार जनसंख्या ः राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा जम्मा १४२ वटा जात÷जातिहरु छन्, जसमध्ये १२५ वटा राष्ट्रिय जनगणना २०६८ कै निरन्तरतास्वरुप रहेका छन् भने १७ वटा जनगणनामा नयाँ जात÷जातिका रुपमा थपिएका छन् ।
सबैभन्दा धेरै जनसंख्या भएका पाँच जात÷जातिमा क्षेत्री (१६.४५ प्रतिशत), ब्राम्हण पहाड (११.२९ प्रतिशत), मगर (६.९ प्रतिशत), थारु (६.२ प्रतिशत ) र तामाङ (५.६२ प्रतिशत) रहेका छन् ।
मातृ भाषा अनुसार जनसंख्या ः राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा १२४ वटा मातृभाषाहरु छन्, जसमध्ये १११ वटा राष्ट्रिय जनगणना २०६८ कै निरन्तरतास्वरुप रहेका छन् भने १३ वटा यस जनगणनामा नयाँ मातृभाषाका रुपमा थपिएका छन् ।
हाल सबैभन्दा धेरै मातृभाषा भएका मातृभाषामा नेपाली (४४.८६ प्रतिशत), मैथिली (११.०५ प्रतिशत), भोजपुरी (६.२४ प्रतिशत), थारु (५.८८ प्रतिशत) र तामाङ (४.८८ प्रतिशत ) रहेका छन् ।
धर्म अनुसार जनसंख्या ः राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा १० वटा धर्म देखिएका छन् । जसमध्येका सबै भन्दा धेरै जनसंख्या हुने पाँच धर्महरु हिन्दु (८१.१९ प्रतिशत), बौद्ध (८.२१ प्रतिशत), इस्लाम (५.०९ प्रतिशत), किराँत (३.१७ प्रतिशत) र क्रिश्चियन (१.७६ प्रतिशत) हुन् ।
बृहत उमेर समूह अनुसार जनसंख्या ः जनगणना अनुसार कुल जनसंख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका रहेका छन् । हाल १४ वर्ष वा सो भन्दा कम उमेरका र६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २७.८३ प्रतिशत र १०२१ प्रतिशत रहेको छ ।
नगरपालिका तथा गाउँपालिकाको जनसंख्या ः २०७८ सालको जनगणनामा नगरपालिकाहरुको जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ ।
सबै भन्दा धेरै र कम जनसंख्या भएका जिल्लाः प्राप्त नतिजा अनुसार देशका ७७ जिल्लाहरुमध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौं जिल्लामा २०,४१,५८७ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६५८ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरु हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।
भौगोलिक क्षेत्रअनुसार जनसंख्याः राष्ट्रिय जनगणना २०७८ अनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७७२,९४८ जना) जनसंख्या रहेको छ । जुन देश वर्ष अघि अर्थात् २०६८ मा क्रमशः तराईमा ५०.२७ प्रतिशत (१,३३,१८७०५ जना) , पहाडमा ४३.०१ प्रतिशत (१,१३,९४,००७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७,८१,७९२) रहेको थियो ।
प्रदेश अनुसार जनसंख्या ः राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार प्रदेशगत रुपमा जनसंंख्याको वितरण हेर्दा सबै भन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको थियो । २०७८ मा जनसंख्याको अकारको हिसावले तेस्रो, चौथो, पाँचौं र छैठौं क्रमशः लुम्बिनी, कोशी, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।
मुख्य प्रयोग अनुसार घरको संख्याः राष्ट्रिय जनगणना २०७८ मा मुख्य प्रयोग अनुसार देशभरका …जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ, जसम्धये मुख्य रुपमा आवासको लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ÷ धन्सार÷मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग ÷कलकारखाना र संस्थागत तथा सरकारी ०.४÷०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्य जन्य ०.२ प्रतिशत र बैंक तथा वित्तिय संस्था ०.१ प्रतिशत रहेका छन् ।
घर वा आवासीय एकाइको स्वामित्व ः परिवारले आवासीय रुपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाईमा बसिरहेको छन् ।
खानेपानीको मुख्य स्रोतः राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कुल ६६,६०,८४१ परिवार मध्ये ५७.० प्रतिशत परिवारले धारा÷पाइप (घर परिसर भित्र र बाहिर समेत) बाट, २९.८ प्रतिशतले ट्युववेल÷हाते पम्पबाट, १.५ प्रतिशतले ढाकिएको इनार÷कुवाबाट ३.९ प्रतिशतले मूल धाराबाट र ४.६ प्रतिशतले जार÷बोतलबाट पिउने पानी मुख्य रुपमा प्रयोग गर्ने गरेका छन् ।
खाना पकाउन अक्सर प्रयोग गरिने इन्धन ः राष्ट्रिय जनगणना २०७८ को नतिजाले देशका कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठ÷दाउरा प्रयोग गर्ने गरेका छन् । खाना पकाउन अक्सर एल.पि.ग्याँस, बिजुली, गुईठा÷गोरहा, बायो ग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४.३,०.५,२.९,१.२,०.०५ र ०.१ रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.० प्रतिशतले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेका थिए ।
बत्ती बाल्न अक्सर प्रयोग गरिने स्रोत ः राष्ट्रिय जनगणना २०७८ अनुसार धेरै जसो घरपरिवारहरुले आफू बसोबास गरेको घर÷आवासीय एकाईमा बत्ती बाल्नका लागि अक्सर विजुली प्रयोग गर्ने गरेका छन् । गत जनगणनामा विजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत प्रतिशत रहेकोमा हाल सो अंशमा उल्लेख्य वृद्धि भई ९२.२ प्रतिशत पुगेको छ ।
परिवारले उपयोग गरुेका साधन र सुविधा ः राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त नतिजाअनुसार ३.८८ प्रतिशत परिवारहरुमा जनगणनामा सोधिएको कुनै पनि साधन तथा सुविधाहरु उपलब्ध नभएको पाइयो भने ९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको पाइएको छ । साधारण मोबाइल फोन भएका परिवार ७३.१५ प्रतिशत, स्मार्ट फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ । कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन, ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२१ प्रतिशतमा साइकल उपलब्ध रहेको छ ।
शौचालयको सुविधा ः राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका ६६,६०,८४१ व्यक्तिगत परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको छ । गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवार ३८.२ प्रतिशत थिए ।
परिवारमा महिलाको नाममा रहेको घरजग्गा ः जनगणना २०७८ को नतिजा अनुसार कुल २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेकोछ । परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशत विन्दुले बढी हो ।
कृषि बाहेकका साना घरेलु व्यवसाय गर्ने परिवारहरुको विवरणः यस्ता साना घरेलु व्यवसाय संचालन गर्ने कुल परिवारमध्ये घरेलु, उद्योग १,३७,६४४ (२१.९ प्रतिशत), व्यापार÷व्यवसाय ३,१०,६५१(४९.५ प्रतिशत), यातायात ३४,६५६ (५.५ प्रतिशत), सेवा ६९,१७७ (११.० प्रतिशत) र ७५,५५९ (१२.० प्रतिशत) अन्य किमिसका व्यवसाय संचालन गर्ने परिवार छन् ।
परिवारमा अनुपस्थित (विदेश गएका ) व्यक्तिः राष्ट्रिय जनगणना २०७८ का अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गर्छन् जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) रहेका छन् ।
महिला परिवारमूली ः राष्ट्रिय जनगणना २०७८ मा गणना गरिएका कुल ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये ३१.५५ प्रतिशत परिवारमूली महिला रहेका छन् ।
अपांगता ः राष्ट्रिय जनगणनामा २०७८ बाट प्राप्त नतिजाअनुसार कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता रहेको छ । अपांगता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत छन् ।
राष्ट्रिय जनगणना–२०७८ मुख्य नतिजा
Comments

