काठमाडौं ।रसुवाको भोटेकोसी नदीमा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले रसुवामा धनजनको ठूलो क्षति भएको छ । कति क्षति भयो ? विवरण आइसकेको छैन । अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटीय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन नेपाल प्रहरीले अनुरोध गरेको छ।
नेपाल सरकार गृहमन्त्रालयले रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा उद्धार वा सहयोग आवश्यक परे १२३४ मा सम्पर्क गर्न अनुरोध गरेको छ। पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी र मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको छ।
Comments

