काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीहरूकालागि तत्काल पुनरुत्थान योजना ल्याउन सरकारसँग माग गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’सम्बन्धी संसदीय विशेष समितिको बैठकमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारसँग सो माग गर्नु भएको हो ।
देशभर विपदका कारण उद्योगी व्यवसायीहरु नराम्ररी प्रभावित भएको र भोटेकोशी बाढीका कारण साना पुँजी भएका व्यवसायीहरुको सबै धनमाल नष्ट भएको अवस्था रहेकाले उनीहरूका लागि पुनरुत्थान योजना ल्याउनु पर्ने श्रेष्ठको धारणा थियो ।
कर्जा लिएर साना व्यवसाय गरेका व्यवसायीहरुको धनमाल सबै गुमे पनि बैंकहरुको ऋण रहेकाले व्यवसायीहरुले कसरी ऋण तिर्ने भन्नेमा रहेको समेत उहाँको भनाइ थियो ।
भोटेकोशी विपद् र पछिल्लो क्षतिबारे महासंघले टोली खटाएर स्थलगत अध्ययन गरी विस्तृत प्रतिवेदन तयार गरिरहेको, पूर्ण प्रतिवेदन यो साताको अन्त्यसम्ममा सरकारलाई बुझाउने तयारी रहेको श्रेष्ठले बैठकमा जानकारी दिनु भयो ।
पुनरुत्थान योजना ल्याउन सरकारसँग माग
Comments

