स्वदेशी उत्पादनमा मन्त्री साहको जोड

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पेट्रोलियम पदार्थमा बाह्य निर्भरता अन्त्य गनुृ पर्ने बताउनु भएको छ । ग्यास पट्रोलमाबाह्य निर्भरता घटाएर स्वदेश मै उत्पादन हुने विद्युत र ब्रिकेटहरुमा खाना पकाउने संस्कार विकास मन्त्री साहले गर्न जोड दिनु भएको छ ।
२०८३ असोज १९ गते प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री साहले अन्तर्राष्ट्रिय भू–राजनीतिक परिस्थितिका कारण इन्धन आपूर्तिमा असर परिरहेकाले नेपालले अब ऊर्जा, कृषि र औद्योगिक उत्पादनमा आत्मनिर्भरताको नीति कडाइका साथ अवलम्बन गर्नुपर्ने बताउनु भएको हो । मन्त्रीले आफ्नो देशको स्थानीय स्तरमा हुने उत्पादनहरु उत्पादन गरेर उपभोग गर्नुृ पर्ने भन्दै भन्नुभयो –“हामी आयातित चामलकै भर परेर बस्ने ? मकै र फापर उत्पादन गरेर मकैको ढिँडो र रोटी खान किन शुरु नगर्ने ? धेरै भात खाँदा त मधुमेहजस्ता स्वास्थ्य समस्या पनि आउँछन्, त्यसैले स्वास्थ्यका दृष्टिले पनि रैथाने खाद्यान्न उपभोग गर्ने बानी बसाल्नुपर्छ । ”
समिति बैठकमा सांसदहरूले उठाएका ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिबारेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री साहले विश्व बजारको विषम अवस्थाको व्याख्या गर्दै रुस–युक्रेन युद्ध तथा मध्यपूर्वमा इरान र अमेरिका र इजरायलबीचको बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य र आपूर्तिमा गम्भीर अस्थिरता पैदा भएको समेत बताउनु भयो ।
‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध आफ्नो देशको नियन्त्रणमा नहुने समेत प्रष्ट पार्नु भयो । ग्यास र इन्धनको समस्या युक्रेन–रुस युद्ध र इरान अमेरिका द्वन्द्वका कारण सिर्जित भएको समेत मन्त्रीको भनाइ रहेको थियो ।
इरान माथि अमेरिका तथा इजरायलको गत फ्रेब्रुअर २८ मा भएको संयुक्त आक्रमण पछि विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा समस्या सिर्जना भएको छ ।
२०२२ देखि शुरु भएको रुस युक्रेन युद्धको कारण त्यसको मार नेपाली भान्साको साथै बजारमा समेत परेको छ । नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभावको समस्या महिनौं बित्दासम्म समाधान हुन सकेको छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित