उमा भुजेल समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित

 

काठमाडौं । उमा भुजेल समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । त्यस निम्ति २०८३ कार्तिक १७ गते नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा एक घोषणा सभा आयोजना गरिएको थियो । उमा भुजेल समूहले नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) बाट विभाजित भइ नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो ।उमा भुजेललाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट २०८३ असार १ गते निष्कासन गरिएको थियो । त्यसपछि २०८३ असार २५ गते भुजेलको संयोजकत्वमा छुट्टै नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय भेला आयोजक समिति) गठन भएसँगै यो समूह औपचारिक रूपमा विभाजित भएको घोषणा गरिएको थियो।

पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मान्ने, नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्वीकार्ने, तात्कालिक कार्यनीति संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने हुने,आन्दोलनको स्वरूप मूलतः शान्तिपूर्ण हुने , आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने,सहमतिका आधारमा सङ्गठनात्मक समायोजन गर्ने,मंसिर मसान्तभित्र एकता र समायोजन सकाउने ,जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप पार्टी समितिहरूको सञ्चालनगर्ने, पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने र मतभेद भएमा विगतको समीक्षासहित निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमापुग्ने १० बुँदे सहमति गर्दै एकता घोषणा गरिएको छ ।

सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल तथा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उमा भुजेलले हस्ताक्षर गरेका छन् । विगतमा विप्लवले प्रचण्ड सित एकता गर्न प्रयास गरेका थिए तर विप्लवले एकता नगरे पछि उमा भुजेल समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित