अप्सरा कुमारी तिमिल्सिनाको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा श्रद्धाञ्जली व्यक्त

सिन्धुली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, केन्द्रीय सल्लाहकार समितिका सदस्य एवं प्रगतिशील साहित्यकार कवि  बलराम तिमिल्सिना र जनयुद्धका सहिद  छविलाल तिमिल्सिनाकी आमा अप्सरा कुमारी तिमिल्सिनाको ७९ वर्षको उमेरमा असामयिक निधन भएको छ।

सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–१०, लाम्पानटारस्थित आफ्नै निजी निवासमा कार्तिक १६ गते (२०८३) उहाँको निधन भएको हो। विक्रम संवत् २००५ भदौमा जन्मिनुभएकी उहाँको निधनले परिवार तथा सिन्धुली क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
उहाँको निधनपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुली जिल्ला समितिले एक शोक वक्तव्य जारी गर्दै दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजन- कवि बलराम तिमिल्सिना, दिदीबहिनीहरू जानुका, राधा, गीता तिमिल्सिना लगायत सम्पूर्ण परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
जिल्ला सेक्रेटरी अनुपद्वारा हस्ताक्षरित शोक वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
उहाँको निधनमा  इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय अध्यक्ष   हिरामणि दुःखीले  वक्तव्य जारी गर्दै आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गदै सोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित