काठमाडौं । पाकिस्तानमा मङकी पक्सको संक्रमण देखिएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले मङकी पक्स पुष्टि भएको जानकारी दिएका छन् । २५ वर्षीय एक विरामीमा चेक गर्दा मङकी पक्सको पुष्टि भएको हो । यो साउदी अरेवियाबाट पाकिस्तानमा भित्रिएको जनाइएको छ । मङकी पक्स भएको विरामीलार्ई क्वारेन्टाइनमा राखिएको छ । मङकी पक्स हुँदा ज्वरो आउने, अत्यन्तै शरिर दुःखने ज्वरो आउने, स्वर धोद्रो हुने र लिम्फनोडहरु सुनिने गर्दछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार मङकीपक्स संक्रामक रोग हो । जुन मङकीपक्स भाइरसबाट सर्छ । यो रोग संक्रमित जनावरबाट मान्छेमा सर्न सक्छ भने संक्रमित मान्छेको थुक, सिंगान, खकारबाट मान्छेमा सर्न सक्छ ।
Comments

