काठमाडौँ, १९ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि १०.१० अंकले घटेर १८३७.७१ मा बन्द भएको छ । नेप्से विगत ७ कारोवार दिनमा घटिरहेको छ ।
आज २९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ ।
आज बैकिंङ्ग समूह ०.२४ प्रतिशत, डेभलपमेन्ट समूह ०.४१ प्रतिशत, फाइनान्स समूह ०.८० प्रतिशतले घटेका छन् भने जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेको छ । अन्य समूह पनि घटेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह २.५७ र होटल तथा पर्यटन समूह १.७१ प्रतिशतले घटेको छ ।
सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य ९.५३ प्रतिशतले घटेको छ ।
Comments

