चन्द्रकला सुवेदीप्रति श्रद्धाञ्जली

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले चन्द्रकला सुवेदीको वैशाख ५ गते मृत्यु भएकाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८३ वैशाख ५ गते एक प्रेस–वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । चन्द्रकला सुवेदी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय समिति सदस्य बाबुराम सुवेदीकी आमा र तनहुँ जिल्ला समितिका सचिव नारायण लम्सालकी हजुरआमा हुनुहुन्थ्यो ।

वक्तव्य

“तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका मूलपानी ८ निवासी चन्द्रकला सुवेदीको आज दिउसो ३ बजे ९९ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य कमरेड बाबुराम सुवेदीकी आमा र तनहुँ जिल्ला समितिका सचिव कमरेड नारायण लम्सालकी हजुरआमा हुनुहुन्थ्यो । उहाँका दुई छोरा, चार छोरी, बुहारी तथा नाति–नातिना हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी चन्द्रकला सुवेदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, कमरेड बाबुराम सुवेदी लगायत सम्पूर्ण शोकाकूल परिवार, उहाँका साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । ”

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य नारायण अधिकारीले आफ्नो फेस बुक वालमा चन्द्रकला सुबेदीप्रति श्रद्धाञ्जली अर्पण गर्दै लेख्नु भएको छ –

“हाम्रो पार्टी ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य कमरेड बाबुराम सुबेदीकी ममतामयी आमा चन्द्रकला सुबेदीको ९९ वर्षको उमेरमा आज भएको निधनको दुःखद खबरले हामी सबैलाई गहिरो रूपमा मर्माहत बनाएको छ। उहाँले जीवनमा माओवादी आन्दोलन, परिवार, समाज र सन्ततिका लागि गर्नुभएको त्याग, माया र समर्पण सधैं सम्झनायोग्य रहनेछ।आदरणीय आमाप्रति भावपुर्ण श्रद्धाञ्जली ! शोकको यस घडीमा कमरेड बाबुराम सुबेदी लगायत सम्पूर्ण शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।”

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित