काठमाडौं । सुर्खेतका कम्युनिष्ट नेता लिलाधर गौतमको निधन भएको छ । लिलाधर गौतम (१९९२–२०८३) को ९१ वर्षको उमेरमा सुर्खेत, बीरेन्द्रनगरस्थित आफ्नै घरमा बैशाख ५ गते बिहान निधन भएको हो । गौतम लामो समय देखि विमारी हुनुहुन्थ्यो । २०१८ सालमा पन्चायत बिरोधी संघर्षमा जेल जीवन बिताउनुभएकौ थियो । २०४८ सालमा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र), २०५१देखि नेकपा (माओवादी) मा आबद्ध गौतमले सुर्खेत पोष्ट साप्ताहिकका प्रमुख प्रवन्धक, बितरक र लेखकको रूपमा र संयुक्त जनमोर्चा नेपालको जिल्ला सदस्यको रूपमा काम गर्नु भएको थियो । गौतम नेपाली सर्वहारा, श्रमजीवी र उत्पीडित जनताका अनुकरणीय नेता हुनुहुन्थ्यो । वहाँका दुई छोरा रमेश गौतम र दिनेश गौतम, दुई छोरी हिमा गौतम र भिमा गौतम हुनुहुन्छ। लिलाधर गौतमको निधनले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति पुर्याएको छ । अन्तिम अबस्थामा उहाँ नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का केन्द्रीय सल्लाहकार समिति सदस्य हुनुहुन्थ्यो । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले लिलाधर गौतमको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

