प्यूठान माण्डवी कृषि पर्यटन ,व्यापार तथा साँस्कृतिक महोत्सव शुरु

चैत्र ३० गते प्यूठान । माण्डवी (१ अरोङ खोला, प्युठान, प्रथम प्युठान माण्डवी कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सव २०८०, ०८१ को माण्डवी गाउँपालिका को अरङ खोलामा चैत्र २९ गते उद्घाटन भएको छ। कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य नारायणप्रसाद अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा लुम्बिनी प्रदेश सदस्य तथा नेपाली काँग्रेस को प्रमुख सचेतक माननीय निमा गिरी को उपस्थिति रहेको थियो।
कार्यक्रममा ने क पा (मशाल)का पार्टी प्रतिनिधि जितामित्र सुनार, नेपाली काँग्रेस जिल्ला उपसभापति ईश्वर सिङ बिष्ट ,ने क पा (माओवादी केन्द्र्र) जिल्ला संयोजक यज्ञबहादुर केसी ,प्रभातु, ने क पा (एकिकृत समाजवादी)का केन्द्रीय सदस्य राजकुमार कक्षपति, राष्ट्रिय स्वतन्त्रता पार्टी प्युठानका संयोजक सुमन सुवेदी माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी, उपाध्यक्ष पुर्ण प्रशाद कालाथोकी, १ नम्बर वार्ड अध्यक्ष बाम बहादुर घर्ति मगर लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले महोत्सव सफलता को शुभकामना दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता आयोजक सस्था त्रिवेणी सामुदायिक ग्रामीण विकास संस्थाका अध्यक्ष रामचन्द्र पौडेलले गर्नु भएको थियो । महोत्सव संयोजक इमान सिंह बिष्टको आथित्यथा रहेको थियो भने कार्यक्रम संचालन शशीधर भण्डारी र रासी रिजालले गर्नु भएको थियो। महोत्सव चैत्र २९ देखि बैशाख ९ गते सम्म चल्ने आयोजक सस्थाले जानकारी गराएको छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित