काठमाण्डौ । गरिमाविकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधाको सुरूवातगरेको छ। यस विकास बैंकलेफोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक÷ग्राहकलाईलक्षित गरीक्यूआरमर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको२०८१÷०४÷०१ देखि लागू हुनेगरी शुभारम्भ गरेको हो ।
यससेवा अन्तर्गत,भारतीय ग्राहकहरुले भिम र फोन पे लगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमाविकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकमभुक्तानी गर्न सक्नेछन्। विकास बैंकले यो सेवा छिटो, छरितो र भरपर्दो रुपमा उपलब्ध गराउन आफ्ना व्यवसायिक ग्राहकसँग सहकार्य गरेको हो। यसप्रकारका सेवाहरूले नेपाल र भारतबीचको आर्थिक तथा पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक र पर्यटन क्षेत्रको विकासमासमेत महत्वपूर्ण भूमिकानिर्वाह गर्ने अपेक्षा रहेको छ ।