साउन २३ नेपालगंज बाँके ।नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सोमबार नेपालगन्जमा एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरेको हो ।
कम्पनीका संचालक यज्ञबहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर १५० ग्रामदेखि ४ किलोग्रामसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी दिए । कपडाबाट पसिना, माटो, खानेकुरा लगायतको दाग हटाउने मामिलामा प्रतिस्पर्धी ब्रान्डको तुलनामा
नेपालगन्ज, साउन २२
अब्बल रहेको यो डिटरजेन्ट पाउडरमा कलर प्रोटेक्सन टेक्नोलोजीप्रयोग गरिएको उनले बताए । उक्त टेक्नोलोजीले कपडाको रङ उड्ने र फिकाहुँदै जाने समस्या आउन नदिने कम्पनीको दाबी छ ।
यसमा रहेको जर्म फाइटरले कपडालाई किटाणु रहित बनाउँदै सफाइको स्तर उकास्ने कम्पनीका बजार व्यवस्थापक शालिकराम कँडेलले बताए ।
देउती सोप एन्ड केमिकल्सलेयशोदा ब्रान्डमा डिटरजेन्ट पाउडर, भेरी ब्रान्डमा लुगाधुने साबुन, हर्बल डिटरजेन्ट केक र डिसवास बार उत्पादनगर्दै आएको छ । भेरी ब्रान्डमा डिटरजेन्ट पाउडर पनिकम्पनीले उत्पादनएवं विक्रीवितरण गर्दै आएको छ । कम्पनीकाउत्पादनहरु उपभोक्तामाझनिकै लोकप्रिय रहेको शाहीले दाबी गरे ।
भेरी रिठ्ठा पात ब्रान्डमा डिटरजेन्ट पाउडर सार्वजनिक
Comments

