असोज २१ रुपन्देही ,इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीले भन्सार छली ल्याएको अवैध कपडा र कपडा ल्याउने ट्रक बरामद गरेको छ ।असोज२१ गते ११ बजे जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.१५ उजेलापुर स्थित लु १ ख ८३४० नं.को ट्रकमा अवैध रुपमा भन्सार छली गरी लत्ता–कपडाल्याएको छ ।अवैध लत्ताकपडा ल्याईएको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीटोलीले उक्त ट्रकलाई नियनत्रणमा लिएको थियो र चेकजाँच गर्दा अवै ध भन्सार छली गरी ल्याएका अन्दाजी मुल्य रु५०,४२,४५०।–(अक्षेरुपि पचास लाख बयालिस हजार चार सय पचास मात्र) बराबरको लत्ताकपडा फेला परेको थियो । उक्त ट्रक र कपडाहरु आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा पठाईएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।