कम हुन सकेन वेरुजु

काठमाडौँ — मुलुकमा वेरुजु कम हुन सकेको छैन । महालेखाले हरेक प्रतिवेदनहरुमा घटाउने उपायहरु सुझाएपनि सो को केही अर्थ देखिएको छैन । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार राज्यको कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ देखाएको छ । ५ हजार ७ सय ५९ कार्यालयको आर्थिक वर्षको लेखा परिक्षण गर्दा सो वेरुजु देखिएको हो । विगतदेखि नै वेरुजु देखिँदै आएको छ तर सो वेरुजु कम गर्नतर्फ सम्बन्धित निकायको ध्यान पटक्कै छैन । प्रतिवेदनले वेरुजु नेपालको बजेटको आधाजति नै देखाउँछ । यसले पनि खर्च गर्ने तौर तरिका सही नभएको बताउँछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित