नेपालको कम्युनिष्ट आन्दोलन मूल्याङकनको आवश्यकता

–मनु वि.क.
नेपालको कम्युनिष्ट आन्दोलनले ७५ वर्ष पार गरेको छ ।२००६ सालमा स्थापना भएर आजसम्म आउँदा नेपालको कम्युनिष्ट आन्दोलनले विविन्न उतारचढावहरु पार गर्दै आएको छ । आफ्नो स्थापना कालदेखि नै नेपालको कम्युनिष्ट पार्टीले विभिन्न संघर्षहरु गर्दै आएको छ । पार्टीले शान्तिपूर्ण तरिकाले ,भूमिगत या अर्धभूमिगत रहेर वा शसस्त्र संघर्ष गर्दै आएको छ । नेपालको कम्युनिष्ट पार्टीले जनतन्त्र ,जनजीवकाको पक्षमा ,राष्ट्रियताको पक्षका लोकतन्त्र स्थापनाको पक्षमा साथै लोकतान्त्रिक गणतन्त्र स्थापनाको पक्षमा अनवरत रुपमा एकल वा संयुक्त रुपमा भूमिगत या अर्धभूमिगत रुपमा संघर्ष गर्दै आएको छ । यसअवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले विभिन्न नेता कार्यकर्ता जन्माएको ,हुर्काएको छ । आन्दोलनमा लाग्दा कैयौं नेता कार्यकर्ताले सहादत प्राप्त पनि गरेका छन् ।कैयौ नेताहरु गुमाएको पनि छ । नेपालको कम्युनिष्ट आन्दोलनमा लागेका नेता कार्यकर्ताहरुले निकै मेहनत, पसिना पोखेर आन्दोलनलाई अगाडि बढाउँदै आएको इतिहास छ । यस अवधिमा यो आन्दोलनमा सरिकहरुले अनेकौं यातना जेलनेल भोग्न्।ु परेको छ । आन्दोलनमा लागेका कैयौं नेताकार्यकताहरुले अनाहकमा ज्यान गुमाउन परेको छ । शहीद हुनु परेको छ । कैयौं महिलाहरुको सिउँदो पुछिएको छ । आमाहरुको काख रित्तिएको छ । कैयौं बालबच्चाहरु टुहुरा हुन पुगेका छन् । कैयौं पार्टीलाई माया गर्ने ,सदस्यहरु नागरिकहरु वेपत्ता हुन पुगेका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनले विभिन्न समयमा टुटफुट र जुट बेहार्दै आएको छ । कैंयौ .समयमा हुन नपर्ने फुटहरु भएका छन् ।कैयौं समयमा नहुनु पर्ने भड्कावहरु आएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनले राजनैतिक ,वैचारिक तथा सांगठनिक भड्कावहरु झेल्दै आएको छ । नेताकार्यकर्ताहरु साँच्चिकै कम्युनिष्ट पार्टीको सदस्यले निभाउनु पर्ने जिम्मेवारी निभाएका पनि छन् तर कैयौं नेता कार्यकर्ताबाट पार्टी प्रयोग पनि हुन पुगेको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा उग्रवामपन्थी ,दक्षिणपन्थी, तथा सही माक्र्सवादी लेनिनवादी प्रवृतिहरु देखिएका छन् । जनताको माझमा कम्युनिष्ट पार्टीलाई स्थापित गराउन तमाम नेता कार्यकर्ताको अतुलनीय योगदान रहेको छ । विगत, र वर्तमानमा नेता र नीतिको योगदानकै कारण आजसम्म नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढेको छ ।
नेपालको कम्युनिष्ट पार्टीको योगदानकै कारण आज नेपालीहरुले लोकतन्त्र ,गणतन्त्रको प्राप्ति गरेका छन् । कम्युनिष्ट पार्टीले व्यवस्थाको परिवर्तनमा योगदान पु¥याएको छ । राजतन्त्र फालेर गणतन्त्र प्राप्त गरेका छन् ।यो सबै उपलब्धी नेपालको कम्युनिष्ट आन्दोलनको कारण सम्भव भएको छ ।
कम्युनिष्ट आन्दोलनको यस अवधिमा कैयौं नेताहरुले विचारलाई नै तिलाञ्जली दिएर प्रतिक्रियावादी कहा पुगेका छन् । कैयौं कम्युनिष्ट नामधारी पार्टीले अब यो विचारले काम गर्दैन भन्न पुगेका छन् । ।कैयौं नेताहरु पलायनको बाटो समातेर बसेका इतिहास भेटिन्छन् । कैयौं आफूलाई कम्युनिष्ट बताउने कम्युनिष्ट पार्टीहरुले प्रतिक्रियावादी संसदलाई नै प्रमुखस्थल मानी त्यसैमा वषौं रमाउन पुगेका छन् ,रमाईरहेका छन् । प्रतिक्रियावादी सत्ताको रसमा नराम्ररी डुबेका छन् ।उनीहरुले यहि व्यवस्थाबाट नै जनताले चाहेको जस्तो दिन ल्याउन सकिन्छ भनेर जनतामा भ्रम छर्न सफल भईरहेका छन् ।चुनाव त्यहि अनुसार जितिरहेका छन् । विचार विनाको गठबन्धन गरेर चुनाव जितिरहेका छन् । गठबन्धनको आडमा कम्युनिष्ट पार्टीलाई चलाउन खोजिरहेका छन् । गठबन्धनमा आफूलाई सच्चा कम्युनिष्ट पार्टी बताउने कम्युनिष्ट पार्टी देखि दिएर प्रतिगामी तथा प्रतिक्रियावादी पार्टीहरुको संलग्नता रहेको छ । जसरी भएपनि गठबन्धन गर्ने र चुनाव मात्रै जित्ने चलन पनि नेपालको कम्युनिष्ट आन्दोलनले भोग्नु परेको छ । टुटपुटमा नेताहरुको संकीणता , व्यक्तिगत टकराव ,वैचारिक भिन्नता सत्ता स्वार्थका कारणहरु रहेका छन् ।

वर्तमानमा पनि कम्युनिष्ट पार्टीहरु विभिन्न चिरामा बाँडिएका छन् ।अहिले देशमा आफूलाई कम्युनिष्ट बताउने साना, ठूला पार्टीहरु धेरै संख्यामा रहेका छन् । यी पार्टीहरुमा अहिले सत्ताको नजिक रहेका ।संसदमा प्रतिपक्ष रहेको साथै कम्युनिष्ट क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु रहेका छन् ।
अब सत्ताको नेतृत्व गरेको पार्टीलाई यो व्यवस्था नै सबैकुरा भयो ।अब थप आन्दोलन र परिवर्तनको आवश्यकता रहेन । प्रतिपक्ष पार्टीले सत्ता प्राप्तिकोलागि दाउ हेरेर बसिरहेको छ ।जुनसुकै तालमा पनि सत्ता प्राप्त गर्न सकिन्छ कि भन्दै रहेको छ ।

सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरुले नेपालको कम्युनिष्ट आन्दोलनको भविष्यको बारेमा चिन्तन मनन नगरी भएको छैन । अहिले कम्युनिष्ट आन्दोलन निकै रक्षात्मक अवस्थामा रहेको छ ।कम्युनिष्ट नामधारी पार्टीहरुले जनताका समस्यालाई समाधान गछौं भन्दै जनतालाई झुलाईरहेका छन् । जनतालाई भ्रम छरिरहेका छन् । नयाँ पुस्तालाई कम्युनिष्ट विचार र दर्शनले भन्दा पनि उपभोक्तावादले छोईरहेको छ । नयाँ पुस्ता परिवर्तनमा विश्वास गर्न सकिरहेका छैनन् ।

परिवर्तनको नेतृत्व गरेका आफूलाई कम्युनिष्ट बताउने र विगतका आन्दोलनलाई हाँकेका नेताहरुबाट सोचे अनुसारको जनताकोबीचमा प्रतिज्ञा गरेअनुसारको काम गर्न सकेनन् । सोचेभन्दा पनि तल झरेका व्यवहार देखिएको छ ।मानव तस्करी देखि लिएर दोस्रोदेशका नागरिक बनाएर विदेश पठाउनेसम्मका काम नेताहरुबाट भईरहेको छ । नेताहरुको अनेकौं काण्डहरुमा सहभागिता रहेको छ । देशमा शोषण उत्पीडन कायमै छ । राज्यको आमूल परिवर्तन हुन सकेको छैन । राज्य अहिले असफल राष्ट्रमा परिणत हुन थालेको छ ।भ्रष्टाचार कायमै छ । विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकमध्ये नेपाल १०८ औं स्थानमा रहेको छ । दलालीकरणमा देश डुबिरहेको छ । देशको राष्ट्रियता राष्ट्रिय अखण्डता झनै कमजोर भएको छ ।देश विदेशी शक्ति केन्द्रहरुको क्रीडास्थल बन्न थालेको छ । देशका साधन स्रोत विदेशीहरुको कब्जामा पुग्न थालेको छ । देश झनै परनिर्भर बन्दै गईरहेको छ । युवाहरु बेचेर सरकारले समृद्धिको सपना बाँडिरहेको छ । गाउँहरु खाली हुन पुगेका छन् । वैदेशिक ऋणको भार नेपालीको काँधमा थपिईरहेको छ । आन्दोलनबाट प्राप्त उपलब्धीहरुका विरुद्धमा आवज उठिरहेका छन् । यस्तो अवस्थामा देशमा थप आन्दोलनको आवश्यकता रहेको छ । आन्दोलनलाई हाँक्न कम्युनिष्ट पार्टी , कम्युनिष्ट विचारधाराको आवश्यकता रहेको छ । अहिले कम्युनिष्ट आन्दोलनमा राजनीतक क्रान्ति सकिईसकेको अब आर्थिक क्रान्ति भएमात्र पुग्ने एकाथरीको भनाई र गराई रहेको छ । यस्तो अवस्थामा कम्युनिष्ट विचारलाई अवलम्वन गरेका नेता तथा कार्यकर्ता तथा कम्युनिष्ट पार्टीले विगतको नेपालको कम्युनिष्ट पार्टी र आन्दोलनको मूल्याङन नगरी कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन । कम्युनिष्ट पार्टीले विगतमा खेलेको भूमिकाका साथै वर्तमानमा छिन्नभिन्न रहेको कम्युनिष्ट पार्टीहरुको विचार ,आन्दोलन ,गतिविधि अवलम्वन गरेको नीति , नेता र नेतृत्वको सही तरिकाले मूल्याङकन गर्न जरुरी छ । विगतमा भए गरेका कमी कमजोरी र सही नीति निर्णयबाट नै वर्तमानमा आन्दोलनलाई अगाडि बढाउन बाटो मिल्दछ । सही किसिमले मूल्याङकन गरेर नै अबको नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दछ । विगतमा भए गरेका वैचारिक सांगठनिक तथा राजनैतिक कमी कमजोरीबाट पाठ सिकेर ती कमी कमजोरीलाई सुधारेर मात्रै आन्दोलनलाई अगाडि बढाउन सजिलो हुनेछ । विगतका विरासतलाई गल्ती नै भएपनि सही भएको भन्दै गलत नीतिलाई छोड्न नसक्ने हो भने कम्युनिष्ट आन्दोलन अगाडि बढ्न गाह्रो छ ।

अहिले कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास टुटेको अवस्था छ ।जनता पार्टीको लागि भन्दा जे गर्न पनि तयार हुने हुनुपर्दछ ।पार्टीको नीति कार्यक्रमलाई सही तरिकाले अवलम्वन र लागू गर्ने कार्यकर्ता विना पार्टीले विकास गर्न सक्दैन । पार्टीमा लागेर केही भएन । विगतको आन्दोलनमा लागेर देशले केही पाउन सकेन भन्ने खालको मनोविज्ञान बढेको छ । विगतमा जुनसुकै कम्युनिष्ट पार्टीमा लागेका होउन उनीहरुले आन्दोलनलाई विश्वास गर्न सकेका छैनन् । जनताले झनै नेताहरुको व्यवहारदेखी वाक्क भईसकेका छन् । जे नहुनु पर्ने हो त्यहि अवस्था अहिले भएको छ । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता बन्न जनता लालायित हुनपर्ने हो । जनताले विगतमा नेतृत्वमा रहेका नेताहरुलाई विश्वास गर्नुपर्ने हो । तर अहिले यस्तो छैन ।नेताका बोली ,व्यवहार हेरेर जनताले विश्वास गर्न सकिरहेका छैनन् ।यस्तो अवस्थामा फेरी पनि आन्दोलनलाई अगाडि बढाउनु नै छ । विश्वमा शोषण उत्पीडन रहँदासम्म कम्युनिष्ट पार्टीको आवश्यकता रहेको हुन्छ । यो विचारधारा मात्रै सबैको हित चाहने सबैलाई बचाउने र बाँच्न दिने विचार धारा हो । यसले नै समाजमा रहेको विकृति र विसंगतिलाई हटाएर शोषणमूलक व्यवस्थालाई हटाएर शोषणविहीन समाजको स्थापना गर्ने लक्ष्य राखेको हुन्छ ।

अबको कम्युनिष्ट आन्दोलनले विगतको कमी कमजोरीहरुलाई राम्रोसंग समिक्षा गरेर मात्रै अगाडि बढ्न सक्दछ । विगतमा शान्तिपूर्ण तथा सशस्त्र संघर्ष पनि भएका छन् ।दश वर्षे जनयुद्ध पनि भएको छ । कम्युनिष्टको पार्टीले जातीय क्षत्रीयताको नाराहरु पनि बोकेको थियो । यी नाराहरु कति सही थिए कति गलत थिए र ती नाराहरुले देशमा कस्तो असर निम्त्याउने हो ? भन्ने कुराहरुको पनि सही मूल्याङकन हुन आवश्यक छ । जातीय क्षत्रीय नाराहरुबाट देशमा के कति फाईदा बेफाईदा रह्यो र त्यसले अझै भविश्यमा कस्तो असर देखाउने सम्भावनाहरु छन्,ती नाराहरुको माध्यमबाट विदेशीहरुले नेपालीहरुलाई र नेपालको कम्युनिष्ट आन्दोलनलाई कुन अवस्थामा पु¥याउन चाहेका छन् , के यी नाराहरु वास्तवमै कम्युनिष्ट पार्टीले भनेको जस्तो वर्गीय कुराको सम्बोधन गर्न सक्दछ कि सक्दैन भन्ने कुराको पनि मूल्याङकन हुन जरुरी छ ।अब कम्युनिष्ट पार्टीले जनताको बीचमा जाँदा के बोकेर जाने हो ? अब पनि आन्दोलनको आवश्यकता रहेको छ कि छैन ?अब आन्दोलन कुन तरिकाले अगाडि बढाउनु पर्दछ ? भन्ने बारेमा गहन विमर्श र निश्कर्ष हुन जरुरी छ ।जनताका बीचमा जाँदा नीतिगत तथा बैचारिकरुपमा विगतका कमी कमजोरी यहाँ यहाँ भएको थियो भनेर जानु पर्दछ । त्यसको लागि विगतको कम्युनिष्ट आन्दोलनको सही मूल्याङकन भएपछि मात्रै अबको सम्भव हुन्छ । नत्र कम्युनिष्ट आन्दोलन दिशाविहीन हुनेछ । दिशाविहीन हुनबाट जोगाउन विगतको कम्युनिष्ट आन्दोलनको सही मूल्याङकन हुनु जरुरी छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित