जनसम्बन्ध विस्तार अभियानले दिएको शिक्षा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०८१ चैत्र ४ गते देखि संचालन गरेको जनसम्बन्ध विस्तार अभियान २०८२ वैशाख १८ गते मई दिवसको दिन समापन हुँदैछ । केन्द्रबाट गठन गरिएको ४ वटै अभियान टोलीका प्रमुखहरुलाई हाँक साप्ताहिकको तर्फबाट निम्न ३ वटा प्रश्न सोधिएको छ । टोली नं. २ का प्रमुख हरिभक्त कंडेल प्रतिक उहाँकी आमा गम्भीर रुपले विमार भएपछि अभियानवाट विदा लिनु भएपछि अर्का स्थायी ससमिति सदस्य सन्तबहादुर नेपालीले टोलीको नेतृत्व गर्नु भएको थियो ।
१) जनसम्बन्ध विस्तार अभियान समापनको मिति नजिकिंदै छ । करिव डेढ महिना संचालन गरिएको यो अभियानको उद्देश्य कति पूरा भयो र कति पूरा भएन ?
२) यो अभियानमा तपाईको पार्टीलाई जनताबाट के कस्ता सुझाव र आलोचना प्राप्त भए ?
३) यो अभियानले आगामी दिनमा पार्टीको नीति तथा कार्यक्रम तय गर्न के कस्तो शिक्षा दिएको छ ? प्रस्तुत छ टोली प्रमुखहरुको जवाफः

रामसिंह श्रीस
स्थायी समिति सदस्य तथा अभियान टोली नं. १ का प्रमुख


१) सबभन्दा पहिलो कुरा त अभियानको उद्देश्य कति पूरा भयो ? भनेर अंकमा, प्रतिशतमा नापिने चीज होइन । त्यसकारण यति भयो भनेर अंक वा प्रतिशतमा उत्तर दिने कुरा भएन । हाम्रो अभिायनको उद्देश्य के थियो ? हाम्रो अभियानको मुख्य उद्देश्य गत २०८१ साल मंसिरु १३ गतेदेखि २३ सम्म सम्पन्न भएको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका नीति, कार्यक्रम, देशको विद्यमान अवस्था, राजनीतिक कार्यदिशा, त्यसलाई प्राप्त गर्ने बाटो र आगामी कार्यक्रमको बारेमा आम नेपाली श्रमिक जनतालाई जानकारी गराउनु थियो । पार्टीको यो आम नीतिलाई जानकारी गराउनु र जनताले पार्टीको आम नीति तथा राजनीतिक कार्यदिशा बुभ्नु नै पार्टीको ज नसम्बन्ध विस्तारको पहिलो काम हो । त्यसैले हामीले “आमूल परिवर्तनका लागि जनसमुदायमा अपील” भनेर राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका नीति तथा कार्यक्रमहरुलाई बुँदागत रुपमा प्रस्तुत गरेर देशव्यापी वितरण गर्ने काम भयो । अपिल वितरण गर्नुका साथै कोणसभाहरु गरेर पत्रकार भेटघाटहरु गरेर, अन्तक्र्रिया कार्यक्रमहरु गरेर, भित्ते लेखनहरु गरेर अन्तरवार्ताहरु दिएर आदि विभिन्न माध्यमबाट देशव्यापी रुपमा हामीले पार्टीको नीति तथा कार्यक्रमहरुलाई जनताको बीचमा लैजाने काम भएको छ । यसको साथै पार्टीको वास्तविक अवस्था जन लेवलमा कस्तो छ भन्ने कुराको पनि जानकारी भएको छ । संगठनको अवस्था अनुसार सापेक्षित रुपमा हाम्रो अभियानको उद्देश्य उपलब्धिमूलक भएको छ ।
२) जनसम्बन्ध विस्तार अभियानको क्रममा आम श्रमिक जनताहरुमा राजनीतिक पार्टीहरु प्रति वितृष्णा भएको पाइयो । राजनीतिक पार्टीहरु मुख्यतः नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र ती पार्टीका मुख्य नेताहरु प्रति आक्रोश व्यक्त गरेको पाइयो । जनतामा व्यापक असन्तोष, निराशा र आक्रोश पाइयो । जब जनताहरुको बीचमा हामीले हाम्रो पार्टीको नीति तथा कार्यक्रमको बारेमा बतायौं तव जनताले हाम्रो पार्टी प्रति सहानुभूति दिएको पाइयो । पार्टीलाई क्रियाशील र संघर्षशील बनाउनुस भन्ने जनताका सुझावहरु छन् । जनता बीचमा पार्टी व्यापक रुपमा पुग्न नसकेकोमा आलोचनाहरु आए । कम्युनिस्ट आचरणलाई स्थापित गरेर अगाडि बढ्नु सुझावहरु दिए । आफूलाई कम्युनिस्ट भन्ने तर भ्रष्टाचार गर्ने कुराहरु नगर्न अनुरोध गरे । सारमा आम नेपाली श्रमिक जनताले साँच्चिकै श्रमिक वर्ग सर्वहारा, मजदुर र किसानहरुको हितमा काम गर्ने सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको चाहना गरेको पाइयो ।
३) यो अभियानले पार्टीलाई आगामी नीति तथा कार्यक्रम तय गर्न धेरै महत्वपूर्ण शिक्षा दिएको छ । पहिलो कुरा पार्टीले आफ्नो सम्पूर्ण पार्टी पंक्तिलाई चुस्तदुरुस्त र सक्रिय पार्नु पर्दछ भन्ने शिक्षा दिएको छ । दोस्रो कुरा जनसंगठन विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ । तेस्रो कुरा जनताका तात्कालिक समस्याहरुको पहिचान गरी ती समस्याहरुको समाधानको लागि पार्टीले आवश्यक कार्यक्रमहरु बनाई संगठन परिचालन गर्न जरुरी छ भन्ने आवश्कयता महशुस गरिएको छ र चौथो आम पार्टी पंक्तिमा राजनीतिक सांगठनिक प्रशिक्षणको आवश्यकता छ भन्ने महशुस भएको छ ।

कृष्णराज पौडेल
स्थायी समिति सदस्य तथा अभियान टोली नं. ३ का प्रमुख

१) २०८१ मंसिर १३ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनका निर्णयहरु आम जनसमुदाय बीच पु¥याउने उद्देश्यले यो जन सम्बन्ध विस्तार अभियान संचालन गर्ने निर्णय गरिएको थियो । नेपालको अहिलेको राजनीतिक परिपे्रक्ष्यमा संसदवादी राजनीतिक शक्तिहरुले सिर्जना गरेको आम निरासाका कारण प्रतिगामी तत्वहरुले टाउको उठाउने प्रयत्न गरिरहेका छन् । यस्तो राजनीतिक परिस्थितिमा राजनीतिक निकास अथवा अवको राजनीतिक विकल्प सहित हामी आम जनसमुदाय पुगेर अन्तक्र्रिया, छलफल, कोणसभा, पत्रकार भेटघाट, संचारमिडियासँग अन्तरर्वार्ता, राजनीतिक तहका व्यक्ति व्यक्तित्वहरु सँग भेटघाट, छलफल, पर्चा वितरण, भित्ते लेखन, माइकिङ ग¥यौं । हामीले संसदीय व्यवस्था र त्यसका संचालकहरुको राजनीतिक भण्डाफोर गर्दै आइरहेका छौं । पहिलो चरणको यो कार्यक्रम धेरै हदसम्म सफल भएको छ । कञ्चनपुरमा आरक्ष पीडित, बाँके बर्दियामा सहकारी, लद्युवित्त पीडित, मिटरव्याज पीडितसित छलफल ग¥यौं । जाजरकोटमा प्राकृतिक वस्तु जडिबुटीको विनास भइरहेको पायौं । शहीद, बेपत्ता परिवार, जनयुद्धका घाइतेहरुसित भेटेर उनीहरुका दुःख पीडा सुन्यौं । वर्गसंघर्षको विकास कसरी अगाडि बढाउने बारेमा हामीलाई यो अभियानले केही आइडिया दिएको छ ।
२) नेपाली जनतालाई राजनीतिक दलबाट पटकपटक धोका भएको छ। सत्ता भन्दा बाहिर रहँदा एउटा कुरा सत्तामा पुगेपछि अर्को कुरा गर्छन् । नेपालमा संसदीय व्यवस्थाको असफलता अबको अग्रगामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकल्प भनेको नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो भनेर जनतालाई प्रशिक्षित गर्ने प्रयास ग¥यौं । तर व्यवहारिक रुपले जनतासँगै रहेर संघर्षको कार्यान्वयन तर्फ नगएसम्म जनताले विश्वास गरिहाल्ने अवस्था छैन । वैदेशिक शक्ति केन्द्रहरुको नेपालमा कम्युनिस्ट पार्टीको भ्रुणसम्म पनि रहन नदिनेगरी भित्रैसम्म पुगेर ध्वंश गर्ने काम गरिरहेका छन् । यो सबैसँग लडेर परास्त गर्न सक्ने ताकत निर्माण गर्नु छ । तपाईहरुका लागि मैदान खाली छ हामी सहयोग गर्छौैं भन्ने सल्लाह सुझाव जनताबाट पाएका छौं । अब कार्यान्वयनकै तहमा जानुपर्छ ।
३) आजसम्म हाम्रो टोली १७ जिल्लामा पुग्यौं । हाम्रा चार टोली केही हिमाली जिल्ला छाडेर प्रायः धेरै स्थानमा पुगेका छौं । यसले देशको वास्तविक अवस्था बुझ्ने मौका पाइयो । अब पार्टीले माथिदेखि तलसम्म पार्टी संगठन व्यवस्थित गर्ने, कार्यकर्ता प्रशिक्षण, क्षमता योग्यताको आधारमा कार्यविभाजन, पार्टी संगठन र जनवर्गीय संगठनको संजालनिर्माण, स्थानीय वर्ग संघर्षको तयारी गर्दै यो संख्यागत लुटतन्त्रको विरुद्ध व्यवस्थित रुपले संघर्ष अगाडि बढाउर्नुपर्दछ । यसका लागि व्यवस्थित पार्टी संयन्त्र निर्माण गर्नु पहिलो सर्त हो ।

सुदर्शन
स्थायी समिति सदस्य तथा अभियान टोली नं. ४ का प्रमुख

१) यो जनसम्बन्ध विस्तार अभियानका उद्देश्यहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई जनतामा स्थापित गर्नु, राष्ट्रिय एकता महाधिवेशनबाट पारित गरिएको राजनीतिक कार्यदिशा ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा अघि बढ्नुलाई जनताका बीचमा लैजानु, जनता र पार्टीबीचको सम्बन्ध माछा र पानीको जस्तै अटुट बनाउन कोशिश गर्नु, जनताका समस्याहरु संकलन गरी सुत्रबद्ध गर्नु, नेता तथा कार्यकर्ताहरुको परीक्षण गर्दै पार्टीलाई बलियो बनाउनु, पार्टी एकताबारे जनभावना बुझ्नु इत्यादि रहेका थिए ।
धेरै जसो उद्देश्यहरुका नजिक हामी पुगेका छौं । तर एउटा अभियान मात्र यी उद्देश्यहरु पूरा गर्न काफी छैन । यसको लागि हामी लगातार अघि बढ्नुपर्दछ । अहिले यो भन्दा बढी उपलब्धि पनि हामी गर्न सक्दैनथ्यौं ।
२) यो अभियानमा जनताले हामीलाई धेरै किसिमका सुझावहरु र निर्देशन दिंदै स्वागत गरेका छन् । सर्वप्रथम, उहाँहरुले नेपालमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु नफुटी एकजुट हुन दह्रो सुझाव दिनुभएको छ । यो जनताको निर्देशन पनि हो । दोस्रो, जसरी अरु कम्युनिस्ट पार्टीहरुले धोका दिंदै आएका छन्, त्यसरी तपाईहरु धोका नदिनुहोला भन्ने आलोचना पनि भएको छ । तेस्रो कुरा, अरु राजनीतिक पार्टीहरु चुनावको बेला मात्र आउँछन्, त्यसपछि खोजेर पनि देखा पर्दैनन् । तपाईहरु पनि बल्ल आइपुग्नुभयो ।
जनताका बीचमा सधै आइरहनु प¥यो भन्ने सुझाव पनि दह्रै रहेको छ । चौथो, जनताका बीच आएर मात्र भएन । हाम्रा समस्याहरुलाई लिएर संघर्ष पनि गर्नुप¥यो । संघर्ष उत्कर्षमा पुग्दा सम्झौता गरेर आन्दोलनको उपलब्धि समाप्त पारिरहने काम भएको छ यहाँ । आगामी दिनमा त्यो दोहो¥याउन भएन । अन्ततः उहाँहरुले हामीलाई आशाको नजरले हेरिरहनु भएको छ, तर विश्वास प्राप्त गर्न निकै कसरत गर्न बाँकी छ ।
३) राष्ट्रिय एकता महाधिवेशनले बनाएको नीति तथा कार्यक्रमलाई ठोस गरी लागु गर्न यो अभियानले महत्वपूर्ण योगदान गरेको छ । हामीले हाम्रो आत्मगत स्थितिलाई बलियो बनाई अघि बढ्यौं भने वस्तुगत स्थिति ठीक छ भन्ने महत्वपूर्ण शिक्षा यो अभियानले दिएको छ । यो वस्तुगत र आत्मगत स्थितिको अन्तरविरोध जनतामा गएर हल गर्न सकिन्छ । हामी आगामी दिनमा जनसंगठन निर्माण र जनसंघर्षमा अघि बढ्न अभियानले शिक्षा दिएको छ ।

सन्तबहादुर नेपाली
स्थायी समिति सदस्य तथा अभियान टोली नं. २ का प्रमुख

१) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा गत २०८१ चैत्र ४ गतेदेखि पूर्वका मेचीनगर र पाँचथर तथा पश्चिमको कंचनपुरको महेन्द्रदगर र वैतडीको झुलाघाटबाट एकै दिन शुरु भएको जनसम्बन्ध विस्तार अभियान अब ४६ औं दिनमा ०८२ वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन काठमाडौंमा समापन हुँदैछ । डेढ महिनासम्म संचालन भएको यो अभियान नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा ऐतिहासिक परिघटना बन्न पुगेको छ ।
नेकपा (क्रा.मा.) नेकपा (बहुमत) र नेकपा (मशाल) बीच गत साल वैशाख १८मा पार्टी एकता भएको थियो । ०८२ वैशाख १८ मा एक वर्ष पुग्दैछ । क्रान्तिकारी पार्टीहरुबीचको यो एकीकरण देशको ऐतिहासिक आवश्यकता थियो । त्यो कुरा केही सचेत नागरिकहरुले जानकारी प्राप्त गरे पनि कम्युनिस्ट समर्थक नागरिक, जसले संशोधनवादी पार्टीहरु एमाले र माकेलाई मात्र कम्युनिस्ट पार्टी भनेर चिन्दथे र त्यसबारे भ्रम थियो, त्यो भ्रमलाई हामी चिर्न सफल भएका छौं । लाखौं पर्चाहरु वितरण भएका छन्, हजारौं नाराहरु भित्तामा लेखिएका छन् । सयौं सभाहरु भएका छन्, अन्तक्र्रियाहरु भएका छन्, पत्रकार सम्मेलनहरु भएका छन्, किसानसँग भेटघाट भएका छन्, कैयौं निस्क्रिय रहेर बसेका वामपन्थी नेता तथा बुद्धिजीवीहरु, कार्यकर्ताहरुसँग भेटघाट भएको छ । यी सबै कुराले हाम्रो पार्टी अब जनतामा स्थापित भएको छ । दोस्रो कुरा यो अभियानले कम्युनिस्ट आन्दोलन प्रति एमाले, माके लगायतका संशोधनवादी पार्टीहरुका पुँजीवादी चरित्रका कारण निराश जनतामा उत्साह थपिएको छ र कम्युनिस्ट आन्दोलनप्रति आशाको किरण जगाएको छ । तेस्रो कुरा, हामीले जनतासँगको सम्बन्धलाई नङ र मासु जस्तो बलियो धरातलमा टेकाउन खोजेका थियौं, त्यसमा हामी सफल भएका छौं । शुरु गर्दाखेरी टोलीसँग एक दुई दिनको खाने र बास बस्ने खर्च मात्र थियो । तर त्यसपछिको लाखौं खर्च जनताले नै सहयोग गरेर जुटेको छ । भिन्न पार्टीका व्यक्तिले पनि चिया नास्ता, खानाको व्यवस्था गरेका छन् भने कैयौंले खाना र खाजा खुवाउने, बास दिने इच्छा प्रकट गरेका थिए । यसरी हामी हाम्रो पार्टीमा मात्र होइन, आम जनतामा नै घुलमिल भएको र सम्बन्ध स्थापित भएको अनुभूति गरेका छौं । चौथो कुरा, जनताले परिवर्तन चाहेको पाएका छौं । यो दलाल पुँजीवादी व्यवस्थाको हामीले मात्र विरोध गरेका छौं जस्तो लाग्दथ्यो, साधारण जनतालाई अझै पनि भ्रम छ जस्तो लाग्थ्यो । तर जनतासँगको कुराकानी र भेटघाटबाट के थाहा लाग्यो भने यो संसदीय व्यवस्था, सरकार तथा संसदवादी दलहरुप्रति सामान्य नागरिक पनि असन्तुष्ट रहेछन् र उनीहरु विकल्प चाहेका छन् ।
साँच्चै भन्ने हो भने अहिलेको यो अभियानले जनतासँग सम्बन्ध मात्र स्थापित भएको छ । जनताको राजनीतिक मानसिकताको राम्रो अध्ययन भएको छ । यसले भावी दिनमा संगठन विस्तारका लागि राम्रो आधार तयार भएको छ । हाम्रो सीमित साधनस्रोतले गर्दा हामी सबै जनता र समुदायसँग पर्याप्त पहुँच पु¥याउन सकेनौं । त्यसकारण हाम्रो उद्देश्यमा पूरै सफल भयौं भन्न सकिंदैन । तर हाम्रो पार्टीलाई स्थापित गर्न सामान्यतः सफल भएका छौं ।
२) अन्य संशोधनवादी पार्टीहरुले कम्युनिस्ट विचार, आदर्श, नैतिकता, समर्पण तथा क्रान्तिकारी नीति छाडेर पुँजीवादी नीति अंगालेको सन्दर्भमा हामीलाई पनि कतिपयले शंकाको दृष्टिले पनि हेरेको पाइयो । तर क्रान्तिकारी विचारलाई अहिले पनि निरन्तरता दिएकोमा हाम्रो पार्टीका महासचिव क. मोहन वैद्य ‘किरण’ प्रति विश्वास व्यक्त गरेको पनि पाइयो । उनीहरु संगठन विस्तार नभएकोमा चिन्ता प्रकट गरेको पनि पाइयो । अन्य पार्टीमा आबद्ध कार्यकर्ताहरुले तपाईहरुले पार्टीलाई व्यवस्थित बनाउँदै जानोस् संघर्षमा हाम्रो सहयोग तपाईहरुलाई रहनेछ र हामी आउने ठाउँ अन्ततः त्यही हो भनेर भविष्यमा यही पार्टीीमा सबै एकजुट हुनुपर्ने विचार पनि प्रकट गरेको पाइयो ।
३) मैले माथि नै भने यो अभियानबाट हामीले धेरै अनुभव हासिल गरेका छौं । यसले हामीलाई पार्टीको भावि नीति निर्माण गर्न मद्दत पुग्ने छ भन्ने मलाई लागेको छ । अहिलेको राजनीतिक अवस्था प्रति कुनै व्यक्ति, यहाँसम्म कि सत्ता पक्षका कार्यकर्ताहरु वा समर्थकहरु पनि सन्तुष्ट छैनन् र उनीहरु परिवर्तन चाहेका छन् । हामीले राजा देशमा फेरि पुनस्र्थापना हुनुपर्छ भन्ने भनाई कहीं पनि सुनेनौं । गाउँमा बाहिर हल्ला गरे जस्तो राजाप्रति कुनै चासो रहेको पाइएन जनताले परिवर्तन खोजेको छ । तर गाउँमा युवाहरु छैनन् । हामी वास बस्ने गाउँहरुको अध्ययन गर्दा धेरै घरहरुमा बुढाबुढी मात्र भेट्यौं । कतिपय घरहरु रित्ता देख्यौं । वारी र खेतहरु बाँझो देख्यौं । पानी तथा बाटोका योजनाहरु अलप देख्यौं । स्कूलमा विद्यार्थीहरु कम भएपछि स्कूलहरु घटाउँदै लगेको पनि पायौं । उर्जाशील युवाहरु गाउँमा छैनन् । त्यसले गर्दा ग्रामिण वर्गसंघर्ष कमजोर हुँदै गएको अनुभूति भएको छ । यो अवस्था हाम्रो देशकै लागि चिन्ताको विषय हो भन्ने लागेको छ । हाम्रो पार्टीले अपनाएको जनसंघर्षको नीतिलाई गाउँमा विकास गर्न यसले कठिन हुने देखिन्छ । त्यसको परिणाम केही हुने खानेहरको मात्र गाउँमा रजाई हुने देखिन्छ । युवाहरुलाई गाउँमा कसरी टिकाउने भन्ने विषयमा पार्टीले ठोस नीति बनाउनु पर्ने देखिन्छ । हाम्रो देश गाउँ नै गाउँ भएको देश भएको हुँदा गाउँका युवाहरु विदेश पलायन भएपछि गाउँको अवस्था बिग्रँदै गएको छ । बसाई सराईले पनि ठूलो प्रभाव पारेको छ । गाउँबाट शहर वा विदेशतिरको पलायनलाई रोक्न युवाहरुलाई नै परिचालन गर्नुपर्ने देखिन्छ । आउने दिनमा हाम्रा जनवर्गीय संगठनहरुको विस्तार, उत्पादन कार्य, प्रशिक्षण, ग्रामीण विकास आदि कार्यमा पनि ठोस नीति आवश्यक देखिएको छ ।

हरिभक्त कंडेल
स्थायी समिति सदस्य तथा अभियान टोली नं. २ का प्रमुख

१) यो अभियान क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको केन्द्रीय समितिको निर्णय अनुरुप ४ चैत्र २०८१ देखि १८ वैशाख २०८२ सम्मको अवधिको लागि जनसम्बन्ध विस्तार अभियान संचालन भएको हो । पूर्वी सीमाबाट २ र पश्चिमी सिमाबाट २ गरी पूर्व–पश्चिम राजमार्ग र मध्य पहाडी राजमार्ग गरी देशका ४ स्थानबाट उद्घाटन गरी पार्टीका स्थायी समिति सदस्यको नेतृत्वमा यो बहुआयामिक अभियान देशव्यापी संचालन भैरहेको छ । पार्टीले लक्षित गरेका उद्देश्यहरु मूलभूत रुपमा पूरा भएको महशुस भएको छ । यसले (क) पार्टीलाई जनसमुदायसँग जोड्न र स्थापित गर्न (ख) राष्ट्रिय एकता महाधिवेशनले अंगिकार गरेका घोषित नीति तथा कार्यक्रमहरुको महत्व र औचित्य स्पष्ट ढंगले जनसमक्ष पु¥याउन (ग) नेपाली क्रान्तिका मित्र र दुश्मन शक्ति पहिचान गराउन साथै प्रतिक्रियावादी सत्ता र व्यवस्थाको भण्डाफोर सहित पार्टीको दृष्टिकोण प्रष्ट गर्न धेरै हदसम्म सफलता प्राप्त गरेको छ । संसदीय यथास्थितिवादको प्रतिक्रियावादी चरित्र र यसको चौतर्फी असफलता र अर्को ठीक यसै असफलताबाट फाइदा लिन प्रतिगमनकारी शक्तिको रोइलो, जनता भ्रमित गर्ने पश्चगमनकारी सोंच र प्रवृत्तिका विरुद्ध जनताको वास्तविक गणतन्त्र अर्थात संघीय जनगणतन्त्र नै एक मात्र विकल्प रहेको कुरा बोध गराउन मद्दत पुगेको छ । (घ) पार्टी नेतृत्व र कार्यकताृहरु बीचको दुरी घटनाउन स्थानीय नेतृत्वको सम्भावना र समस्या बुझ्न पनि योगदान प्रदान गरेको छ, साथै केही हदसम्म शहि, बेपत्ता परिवार, घाइते तथा अपांग योद्दासँगको भेटघाटले पनि महत्वपूर्ण भूमिका खेलेको छ । अभियानमा जे जति पार्टी पंक्ति परिचालित भयो । सबै उत्साहित एवं विश्वस्थ रहेको महशुस भएको छ । समग्रमा भन्नुपर्दा विचारधारात्मक एवं राजनीतिक कार्यदिशा र कार्यक्रमलाई जनताबीच पु¥याउन भिन्न पार्टीलाई तथा त्यसका कार्यकर्ताहरुको बारेमा बुझ्न, स्थानीय समस्यामा र अन्तर्विरोध बुझ्न, पर्चा वितरण, अन्तक्र्रिया, पत्रकार भेटघाट तथा भित्ते लेखनबाट पनि पार्टीलाई स्थापित गर्न प्रचारात्मक कार्यमा राम्रै सफलता प्राप्त भएको छ । यी सबैबाट सांगठनिक आधार तयार गरे पनि सांगठनिक कार्य भने अपेक्षित रुपमा पूरा गर्न सकिएन ।
२) यस अभियानबाट कार्यकर्ताहरु मूलभूत रुपमा उत्साहित नै रहे । अभियानको बहुआयामिक पक्ष र महत्व रहेको बोध गरे पनि अभियानको तयारीमा यथेष्ट समय नपुगेको, बुझाईमा एक रुपता पैदा हुन नसकेको गुनासो देखिए । र यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव आएको छ । पटकपटक पार्टीको नाम परिवर्तन गर्नाले पार्टी पहिचान गर्न आफूहरु अनभिज्ञ रहेको, पार्टीसँग जीवन्त सम्पर्क नहुँदा पार्टी छुट्याउन नसकि निराशा छाउनुमा पार्टी र सम्बन्धित नेतृत्वको कमजोरी औल्याएका छन् । आगामी दिनमा जन वर्गका मूर्त मुद्दाहरु लिएर आन्दोलनको कार्यक्रम सहित आउन पनि ज नताले आलोचनात्मक टिप्पणी गरेका छन् ।
३) यस अभियानले महत्वपूर्ण शिक्षा प्रदान गरेको छ । जसले पार्टीलाई सुदृढ गर्न र जनवर्गका संगठनहरु निर्माण गर्न र पार्टी नीति तथा कार्यक्रमलाई थप मूर्त गर्न थुपै्र नीतिगत र व्यवहारिक खालका महत्वपूर्ण सल्लाह र सुझावहरु प्रदान गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित