डलर क्रिप्टोकरेन्सी र अमेरिकी साम्राज्यवाद

– अपत्य शर्मा
माल साटासाटको प्रचलन व्यवहारिक नभएकाले व्यापारीहरुले त्यसलाई सजिलो बनाउन कुनै वस्तु जतै कौडा, बस्तुभाउ, चियाँको इँटा आदि प्रयोग गर्दथे । जहाँसम्म नेपालको प्रश्न छ, नेपालमा पनि कौडाको प्रचलन रहेको थियो भन्ने कुरा साधारण बोलीचालीमा काना कौडी छैन, “कौडे कमारो” भनिन्थ्यो । कौडाका आकार प्रकार पनि एकै नासका हुने र लामो समयसम्म नबिग्रिने रहिरहने भएका विश्वका धेरै भागमा कौडाको प्रचलन भएको विज्ञहरुको भनाई छ । चीनमा पहिलो मुद्राको रुपमा कौडाको प्रचलन थियो । नेपालमा फुकादाम र दामको प्रचलन पनि रहेको देखिन्छ । चार दामको एक पैसा हुन्थ्यो । चार पैसाको एक अना २० पैसा पचन्नी २५ पैसाको एक सुका र ५० पैसाको एक मोहर र दुई मोहरको एक रुपियाँको प्रचलन रहेको देखिन्छ । बीस पैसा २५ पैसा र ५० पैसा मोहरमा चाँदी र तामा मिसिएका हुन्थे । हालका रु. १ र २ का मुद्रा फलाममा पित्तलको लेप लगाइएका छन् । स्मरणीय छः वि.सं. ५ औं शताब्दीदेखि लिच्छवि मुद्रा मानदेव प्रथमले नेपालमा मानांक मुद्रा प्रचलनमा ल्याए, जुन मुद्रा तामा र फलाम मिसिएका हुन्थे भनेर इतिहासकारले बताए तापनि केही इतिहासकार सहमत छैनन् । काठमाडौंका राजा महेन्द्र मल्लले चाँदीको मुद्रा चलाए । जसलाई महेन्द्र मल्ली भनियो । सदरमुल्की खानाले १९४५ देखि १९६० सम्म कागजका नोटहरु प्रचलनमा ल्यायो । पछि नेपाल राष्ट्र बैंकले मुद्राको छपाई र प्रचलनमा ल्याउने जिम्मेवारी लियो । पहिलो बैंकको नोट ई. १९४५ मा राजा त्रिभुवनले प्रचलनमा ल्याए जुन भारतको सेक्युरिट प्रेस नाशिकमा छापिएको थियो ।
नेपाल राष्ट्र बैंकले पहिले १,५,१०,२५,५० पैसाका आल्मोनियमका सिक्का निकाल्दथ्यो । तर अहिले ती मुद्रा निस्कासन बन्द गरेको छ । केही मात्रामा रु. १,२ का सिक्का बजारमा पाइन्छन् । ती पनि पित्तलको जलप लगाइएका फलामका छन् । कागजका रु. १,२ का नोट पनि शायद छापिँदैनन्, छपाई लागत बढी हुने भएर वा नेपाली मुद्राको बढ्दो अवमूल्यनले गर्दा स्थगित गरिएको हो । त्यसबारे राष्ट्रबैंकले केही बताउने गरेको छैन । बजारमा १० पैसा २० पैसा त के रु. १,२ को पनि कुनै माल पाइँदैन, तर हिसाव चाहिं गरिन्छ । यसरी खुद्रा पैसा नछापिंदा सर्वसाधारण तथा निम्न आय भएका गरिब किसान मजदुरहरु पाइला पाइलामा शोषित, पीडित र दमित छन् । किन भने जुन अनुपातमा दिन दुना रात चौगुनाले हुने मूल्य वृद्धिको अनुपातमा ज्याला मजदुरी बढ्दैन । मजदुरले रु. १००, ५० ज्याला बढाउन पनि मिल मालिकसँग संघर्ष गर्दा पनि बढाउँदैन । उत्पादन लागत बढ्छ, माल महंगो हुन्छ भनेर संघर्ष गर्ने मजदुरहरुलाई कारखानाबाट निस्काशन गर्छन् या त कारखाना नै बन्द गर्छन् । मजदुर, किसान डेराबाट निस्केर कुनै यातयातमा चढ्दा २० रुपैया या ३० रुपियाँ भाडा तिर्दा एक दुई रुपियाँदेखि ५ रु. सम्म खुद्रा पैसा छैन भनेर दैनिक ठगिन्छन् । ठगिन त सर्वसाधारण पनि ठगिएका हुन्छन् तर विरोध गरिंदैन । बजारमा किनमेल गर्दा पनि खुद्रा छैन भनेर दिइँदैन या त हलस दिइन्छ । मोटो रकम आम्दानी हुने ठूला ठालुका लागि दुई चार रुपियाँ बढी दिंदा कुनै फरक पर्दैन । राष्ट्रबैंकका हाकिमहरुका लागि मजदुर, गरिब, किसान, लुटिनु ठगिनुको कुनै मतलव छैन । विकसित पुँजीवादी मुलुकहरुमा आफ्नो मुद्राको सानो भन्दा सानो इकाईको पनि हिसाव गरिन्छ र सानो रकम पनि फिर्ता दिइन्छ ।

मुद्राको आविस्कार कसले ग¥यो भन्ने तथ्य कही पनि भेटिंदैन । इतिहासकारहरुका अनुसार धातुको रुपमा मुद्रा देखा पर्छ । धातुको मुद्रा ५००० ई.पू. तिर प्रयोगमा आयो । ७०० ई.पू. मा प्राचीन लिडियाबाट शुरु गरिएको थियो । यो अहिले टुर्कीमा पर्छ । लिडिया शक्तिशाली राज्य हुनुका साथै हर्मुज उपत्यकामा रहेको थियो । यस राज्यका राजा प्रसिद्ध क्रोइसुस थिए र उनी धनाढ्य पनि थिए । मुद्राकोषको विकास समाज विकासका क्रमका साथै पुँजीवादी उत्पादन, विनिमय, उपभोग र वितरणका साथ रुपियाँका रुपहरु फलाम, पित्तल, तामा, मिश्रित धातु, सुन, चाँदी, कागजी नोट, डेभिड क्रेडिट कार्ड, कृप्टोकरेन्सी बिटक्वाइनको रुपमा नगद रुपियाँ चलन चल्तीमा देखा परेका छन् ।

आजको विश्वमा महाशक्ति संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठूलो पहिलो आर्थिक शक्ति बनेको छ भने दोस्रोमा चीन छ । संयुक्त राज्य अमेरिका विश्वको ठूलो प्रगतिको बाधक, रक्त पिपासु, युद्धप्रेमी, मानवद्रोही, जातिवादी, रंगभेदवादी, नरसंहारक कसरी पहिलो अर्थतन्त्र भएको मुलुक भयो भन्नेबारे सानो चर्चा गरौं ।

वर्तमान साम्राज्यवादी अमेरिकाको इतिहास १६०७ बाट प्रारम्भ हुन्छ । जब आजको भर्जिनियामा जेम्सटाउनको स्थापना हुन्छ । १५ औं शताब्दीपछि यूरोपियनहरुले उपनिवेशीकरण गर्न थाले । यूरोपियनहरुले त्यहाँका आदिवासीहरुको समाजलाई युद्धद्वारा तहस नहस गरे । ‘यु एस ए’ कसरी भयो भने सेप्टेम्बर ९,१७७६ मा दोस्रो महाद्वीपीय (कन्टिनेन्टल) कांग्रेसले दोस्रो नयाँ नाम “संयुक्त उपनिवेशहरु” राखेर संयुक्त राज्य अमेरिका एउटा स्वतन्त्रता र स्वाधीनताको प्रतिक बन्यो । संक्षेपमा अमेरिकाको इतिहास उपनिवेश क्रान्ति, विस्तार र द्वन्द्वको इतिहास हो । यसको थालनी आदिवासीहरुको आगमन बाहुल्यता र यूरोपियनहरुद्वारा उपनिवेशीकरण र क्रान्ति । प्रश्न उठ्छ अमेरिका नाम पहिले नै थियो कि पछि ? अमेरिका नाम इटालिन अन्वेषक एमीरी गोभेस पुसीबाट बनेको हो । उनले स्पेन र पोर्चुगलका लागि नयाँ महाद्वीपहरु पत्ता लगाउने क्रममा अमेरिकी महाद्वीप पत्ता लगाएका हुन र एमीरीगो भेस युसीकै नाममा जर्मन(कार्टोग्राफर) मान चित्रकार मार्टिन वाल्डसीमूलटले अमेरिका नामाकरण गरेका हुन् । ई १६०० मा बेलायती राजाले अमेरिकामा उपनिवेशहरु स्थापना गर्न थाले । ई. १७०० मा १३ वटा बेलायती उपनिवेशहरु बनाए। जर्ज वासिंटनले अमेरिकी क्रान्तिको नेतृत्व गरे र ४ जुलाई १७७६ मा स्वतन्त्र भएको घोषणा गरे । वासिंटनले इलेक्टोरल कलेजबाट निर्विरोध राष्ट्रपति चुनिए । १७८८–१७९२ र अमेरिकाका प्रथम राष्ट्रपति भए ।

अमेरिकी डलरको विश्वव्यापी आधिपत्य कसरी हुन गयो भन्ने बारे केही चर्चा गरौं । अमेरिकी डलरको प्रचलन १७८९ बाट भएको हो । १ डलर अमेरिकी नोट संघीय सरकारले १८६२ मा निस्कासन ग¥यो । जसमा अर्थमन्त्री सल्मन पी.चास (१८६१–१८६४) को चित्र अंकित थियो । १ डलरको अमेरिकी नोटमा १८६९ देखि जर्ज वासिंटनको चित्र अंकित गरियो । अमेरिकी डलरले स्टर्लिङ पाउण्डलाई विस्थापित गर्न १९२० बाट शुरु भयो । किनभने पहिलो विश्व युद्धमा अपेक्षाकृत रुपमा संलग्न नभएकाले सुरक्षित भयो । प्रथम विश्वयुद्धको समयमा सुनको खरिदकर्ता अमेरिका भयो र प्रथम विश्वयुद्धताका अमेरिकी माल सामानको माग ज्यादै उच्च भयो र ठूलो फाइदा लियो । कतिसम्म भने १९१६ मा माल सामानको उत्पादन १९१३ को भन्दा ३० प्रतिशतले उच्च भयो । ब्रिटेनले आफ्ना मित्रशक्तिलाई १९१६ सम्म आर्थिक सहायता ग¥यो । जब आर्थिक स्थिति कमजोर भयो तब ब्रिटेनले संयुक्त राज्य अमेरिकासँग रुपियाँ सापट लियो । अमेरिकाले मित्रशक्तिलाई १९१७ मा ऋण दियो र लडाइँ पछि रुपियाँ ऋण तिर्न दबाब दियो । ई. १९१७ र १९२० को बीचमा अमेरिकी युद्ध र नेभी विभागले २० अरब अमेरिकी डलर खर्च ग¥यो र खजानाबाट ९.५ अरब अमेरिकी डलर ऋण बेलायत, फ्रान्स, इटाली र अरु आठ वटा मित्र शक्तिलाई दियो । मित्रशक्तिहरुले प्रथम विश्व युद्धका लागि रुपियाँ सापट लिएर, जनतालाई कर लगाएर र युद्ध ब्रन्डहरु बेचेर ठूलो परिमाणमा जनता तथा आर्थिक कारोबारीहरु र तटस्थ अमेरिका जस्ता मुलुकहरुबाट सापट लिएर । देशभक्तिको नारा लगाएर युद्ध बन्डहरु बिक्री गरे । मित्र शक्तिहरुको अर्थतन्त्र मन्दीमा डुबेको थियो । छिटै युद्धले नयाँ बजारहरुमा अमेरिकीहरुले ठाउँ पाए । प्रथम विश्वयुद्धको अन्त्यतिर ४४ महिनाको अवधिमा अमेरिकी आर्थिक वृद्धि भयो अर्थात् अमेरिकाले विश्वमा अर्थतन्त्रलाई बलियो बनायो ।

दोस्रो विश्वयुद्धपछि क्षतविक्षत यूरोपेली मुलुकहरुलाई निर्माण गर्न अमेरिकाले मार्सल प्लानको कार्यक्रम ल्यायो । युद्धले ध्वस्त भएको यूरोपलाई पुनर्निर्माण गर्ने मार्सल प्लानको उद्देश्य थियो । प्रजातान्त्रिक पुँजीवादी सरकारलाई स्थिर र सम्पन्न बनाउँदै अमेरिकी मालसामानका लागि बजार निर्माण गर्नु थियो । त्यति मात्र नभएर साम्यवादलाई फैलिनबाट रोक्नु र अमेरिकी आर्थिक आधिपत्य कायम गर्नु थियो । यसले अमेरिकालाई व्यापार बढाउन आर्थिक वृद्धि गर्न र बलियो एकता गर्न नेटोको गठन गर्नु रहेको थियो ।

पुँजीवादी अर्थशास्त्रीकै आर्थिक विश्लेषण अनुसार अमेरिकाको आर्थिक मेरुदण्ड भनेको साना व्यापार, कलकारखाना र कृषि, उच्च उत्पादकत्व, विकसित यातायात, विस्तृत प्राकृतिक स्रोत र साधनहरु र भूबनोट हुन् । अमेरिकासँग करिब ८,१३३.४६ मेट्रिकटन सुन जुन अमेरिकी नापो अनुसार २६१ मिलियन ट्रवाय औस हो । यसले के प्रष्ट पार्छ भने विश्वको सबैभन्दा ठूलो परिमाणको सुन अमेरिकासँग छ । यसकारण डलर विश्वव्यापी आधिपत्य जमाउन सफल भएको छ । सुवर्ण मानमा आधारित डलर आधिपत्यलाई यूरो र ब्रिक्सका मुलुकहरुले कमजोर र विस्थापित गर्दै छन् ।

पुँजीपतिको धन संचयको लोभ यस्तो हुन्छ कि यसको आफन्त वा समकक्षी हितैषीसँग पनि धनको मामलामा नोक्सानी हुने भयो भने हितैषीको घाँटी रेट्न पछि पर्दैन । ट्रम्प आफै धनाढ्य र कर छली गर्ने पुँजीपति हुन् । तर क्रिप्टोकरेन्सीको साम्राज्य विश्वव्यापी गराउने पक्षमा अग्रसर छन् । विश्वव्यापी अमेरिकी डलर साम्राज्यको ठाउँमा क्रिप्टो करेन्सीको व्यापकताका पक्षमा छन् । बाबु राष्ट्रपति भएको मौका छोपी उनका छोराले अप्रिलमा बोलाएको वाल स्ट्रिट कन्फरेन्समा इरिक ट्रम्पले सबैभन्दा नयाँ उद्यम खोलेर क्रिप्टो करेन्सीको साम्रज्य फैलाउँदै छन् । ट्रम्पको माइलो छोरोले क्रिप्टो फर्म हट ८२ शुरु गरेका छन् । जुन कम्पनीले बिट्क्वाइन माइनिङका लागि उर्जाशील जेनरेटर संचलान गरेर नयाँ क्वाइन उत्पादन गर्दैछन् ।
छोरा ट्रम्पको भनाईमा नयाँ कम्पनीले अमेरिकी बिटक्वाइन उत्पादन गर्छ । उनको अमेरिकामा उत्पादन गरिने बिटक्वाइन थोरै मूल्यको उर्जा खपत गर्छ ।”

यो ट्रम्प परिवारको नयाँ उद्योग चाँडै नै महत्वपूर्ण स्रोत हुनेछ । अमेरिकी बिट क्वाइनको २१५ को मूल्य करिब २२.५ मिलियन अमेरिकी डलर हुन्छ र योजना अझ बढी भन्दा बढी जम्मा गर्नु हो । एकपल्ट बिटक्वाइन कम्पनीका सेयरहरु वालस्ट्रिटमा सजिलोसँग प्राप्त भएपछि व्यापारीहरुका लागि ट्रम्पको कम्पनीमा ल गानी गर्ने बाटाहरु खुल्छन् । वर्षौंदेखि क्रिप्टो कम्पनीहरुले अमेरिकामा सार्वजनिक रुपमै बजारहरुमा व्यापार गर्दै आएका छन्, जसमा मारा होल्डिङस्, कोर साइन्टिफिक र राइट प्लेट फर्मस छन् । जसको १२ अरब अमेरिकी डलर भन्दा बढी छ । यी सबै कम्पनीहरुले ट्रम्पको शासनकालमा नाफा कमाइरहेछन् । डोनाल्ड ट्रम्पले आफ्नो चुनावी प्रचारमा उर्जाको मूल्य घटाउने प्रतिज्ञा गरेका थिए । अमेरिकी डलर साम्राज्य खुम्चिँदै गएकोमा अब छद्म क्रिप्टो अमेरिकी साम्राज्य फैलाउने योजना बुन्दै छन् । क्रिप्टो करेन्सीबारे सानो चर्चा गरौं ।

क्रिप्टो करेन्सी र बिटक्वाइनमा के फरक छ भने क्रिप्टो करेन्सीले माल सामान किन्न सेवाहरु लिन र केन्द्रीय अधिकारीबाट हस्तक्षेप हुँदैन । क्रिप्टो करेन्सी एउटा विद्युतीय करेन्सी हो जसमा बिट क्वाइन पनि पर्छ । यो कुनै पनि केन्द्रीय बैंकको अधीनमा हुँदैन । बिट क्वाइन पहिलो र यसको एउटा किसिम क्रिप्टो करेन्सी हो । क्रिप्टोले सबै किसिमका डिजिटल रुपियाँलाई समेट्छ जसमा बिटक्वाइन पनि पर्छ । बिट क्वाइनहरु प्रारम्भिक रुपमा प्रयोग भयो । क्रिप्टोका फाइदा कम र बेफाइदा धेरै छन् । जस्तैः १) उच्च मूल्य हुनु (२) चोरी हुने हराउने (३) उच्च उर्जा माइनिङ गर्दा खर्च हुन्छ (४) कुनै नियममा नबाँधिएको हुनाले यो कानुनी घेरामा आउँदैन । यसकारण उपभोक्ता असुरक्षित हुन्छन् । (५) यो नियममित नहुने र मूल्यमा चरम अस्थिरता हुन्छ र लगानी गर्न खतरा हुन्छ । (६) बिट क्वाइनको माइनिङ गर्दा वायु प्रदुषणको स्तर बढाउँछ, जुन मानिसका लागि हानिकारक हुन्छ । बिट क्वाइन माइनिङ गर्दा कम्प्यूटरहरुले क्रिप्टो करेन्सीको टोकन निकाल्दा प्रति वर्ष लाखौं अमेरिकीहरुलाई वायु प्रदुषणले नोक्सान पु¥याइरहेको तथ्य हावर्ड टि. एच चान स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरुले बताएका छन् । (२४ अप्रिल २०२५)

बिट क्वाइनको निर्माण छद्म नामका व्यक्ति साटोशी नाकामोटोले २००८ मा गरेका हुन् । के अनुमान गरिएको छ भने साटोशी नाकामोटोसँग करिब १.१ मिलियन बिट क्वाइन छ । क्रिप्टो करेन्सी बिटक्वायन एउटा अदृश्य कागजी मुद्रा हो ।
क्रिप्टो करेन्सीका पक्षमा के तर्क दिइन्छ भने डिजिटल करेन्सी विकेन्द्रित हुने हुनाले क्रिप्टोग्राफी प्रयोग गरिन्छ जसले गर्दा यो सुरक्षित हुन्छ र लेनदेनबारे सूचना हुन्छ । क्रिप्टोको लेनदेनको रिकर्ड डिजिटल लेजरमा हुन्छ । जसलाई ब्लकचेन भनिन्छ । यो ब्लकचेन टेक्नोलजी भएकाले ह्याक चाहिं हुँदैन भनेर दाबी गरेका छन् । स्मरणीय छः डेटालाई स्टोर गरेर राख्नेलाई ब्लक चेन भनिन्छ । एउटा ब्लक अर्को ब्लकसँग सम्बन्धित हुन्छ र (इम्युटेवल लेजर) अपरिवर्तननीय खातामा डाटा राखिन्छ । त्यसमा फेरबदल गर्न र हटाउन सकिंदैन ।
बिट क्वाइन माइनिङ गर्न धेरै मुलुकहरुमा प्रतिबन्ध लगाइएको छ, २०२१ नोभेम्बरको ल लाइब्रेरी अफ कांग्रेस रिपोर्ट अनुुसार बंगलादेश, चीन, इजिप्ट, इराक, मोरक्को, नेपाल, कतार आदि देश छन् । एक बिटक्वाइनलाई माइनिङ गर्न जहाँ पनि शक्तिशाली कम्प्यूटरद्वारा १० मिनेटदेखि ३० दिनसम्म लाग्छ । यो कम्प्यूटरको हार्डवेयर र सफ्टवेयरमा निर्भर हुन्छ । अमेरिकी साम्राज्यवादीले अमेरिकी बिटक्वाइनको साम्राज्य कसरी विश्वव्यापी बनाएर आफ्नो एकलौटी आर्थिक शक्ति हुन्छन् कि दोस्रो आर्थिक शक्तिमा सीमित हुने हुन् । त्यो अनिश्चित छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित