आज ३६ औँ विश्व एड्स दिवस

काठमाडौ, १५ मंसिर । प्रत्येक वर्ष डिसेम्बर १ लाई विश्व एड्स दिवसको रूपमा मनाइन्छ। आज ३६औँ विश्व एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व एड्स दिवस, २०२३ को नारा “समुदायले नेतृत्व गरौं” भन्ने रहेको छ। यो एचआईभी भाइरसको संक्रमणको कारणले हुन्छ। एड्सको पूरा नाम ‘एक्वायर्ड इम्यूलनो डेफिसिएंशी सिंड्रोम’ (acquired immune deficiency syndrome) हो र यो एक प्रकारको भाइरस हो जसको नाम HIV (Human immunodeficiency virus) रहेको छ ।

यो दिन मानिसमा एचआईभी संक्रमण बारे जागरूकता फैलाउन मनाइन्छ। यस रोगमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका कारण शरीरले रोगबाट आफूलाई बचाउन सक्दैन । झन्डै ९५ प्रतिशतले एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण थाहा पाउने, ९५ प्रतिशत औषधिको उपचारमा पहुँच र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून मात्रामा रगतमा राख्न सक्यो भने उन्मूलन गर्न सकिने तथ्यांकले देखाएको छ ।

विश्वमा सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित भएदेखि सन् २०२२ को अन्त्यसम्म आठ करोड ५६ लाख व्यक्ति एचआइभीबाट सङ्क्रमित भइसकेका छन् । त्यसैगरी, चार करोड चार लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय जनामा नयाँ सङ्क्रमित पुष्टि हुने गर्दछ ।

सन् २०२२ मा मात्रै करिब छ लाख ३० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ५१ प्रतिशतले कम हो । सन् २०१० मा १३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भएको अनुमान थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित