एक अस्पताल एक रक्तसञ्चारकेन्द्र स्थापना गर्नेमा सरकार

२८ कात्तिक, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक अस्पताल, एक रक्तसञ्चार केन्द्र’ को नीति अघि बढाउने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताएका छन् । रगतको गुणस्तरीता , सुलभता कायम गर्न सो नीति ल्याउन चाहेको पनि मन्त्रीले बताएका छन् । स्वास्थ्य सेवा नियमावली २०७७ ले २५ शैयाभन्दा बढी क्षमता भएका अस्पतालमा रक्तसञ्चार सेवा अनिवार्य गरे पनि हाल धेरै ठूला अस्पतालहरूले समेत बिरामीलाई रगत आवश्यक पर्दा अन्य रक्तसञ्चार केन्द्रमा पठाउने गरेका छन् । विरामीलाई जीवन दिने रगत संकलन केन्द्रहरु नहुँदा विरामीले निकै सास्ती पाउने गरेका छन् । रक्त संचार केन्द्र स्थापना नहुँदा रगत संकलनदेखि बिरामीसम्म पु¥याउँदा रगतको गुणस्तरमा कमी हुने सक्ने विज्ञहरुले बताउँदै आएका छन् ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित