२८ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई सेवा सुविधा सरकारी सरह व्यवस्था गर्न भन्दै पत्र लेखिएको छ । बढी काम गराएको अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्न ,करार सम्झौता गरेरमात्रै काममा राख्न , काम गरेको अनुभवको प्रमाण पत्र उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ । पारिश्रमिकको भुक्तानी बैंकिङ प्रणाली मार्फत गर्न पनि निर्देशन दिएको छ ।नीजि स्तरमा कार्यरत स्वास्थ्यकर्मीहरुको कामको अवधि धेरै ,पारिश्रमिक थोरै भोक प्यास नभनेर खट्नु पर्ने समस्या देशै भरिको हो । यो निर्देशन लागू भएमा स्वास्थ्यकर्मीहरुलाई निकै राहत हुनेछ ।