आज नेपालको राष्ट्रिय नर्सिङ दिवस

–नरेन्द्रबहादुर थापा
’नर्सिङ झशब्द सुन्न वा देख्न बित्तिकै मलाई कक्ष ९ को अंग्रेजी बिषयको कोर्समा अंग्रेजी पढाउने श्रद्धेय गुरुले ’’द लेडी विथ द ल्याम्प झझ भन्ने पाठमा फ्लोरेन्स नाइटिङ्गलको बारेमा पढाएको कुरा मेरो दिमागमा ताजै छ । त्यसैले नर्सिङ ब्यवसायलाई आकर्षक र आधुनिकिकरण गर्ने ती महिलाको बारेमा थोरै चर्चा गरौं ।
फ्लोरेन्स नाइटिङ्गल आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता हुन् ।उनको जन्म १२मे१८२० मा बेलायतमा भएको थियो । दया र सेवाकी प्रतिमूर्ति उनलाई ’द लेडी विथ द ल्याम्प झ भनेर चिनिन्छ ।
फ्लोरेन्स नाइटिङ्गलको जन्म एक समृद्ध र उच्च वर्गीय वेलायती परिवारमा भएको थियोे । यस्तो घरानकी उनले नर्सिङ सेवाको बाटो रोजिन ।आफ्नो परिवार भित्रैबाट बिरोध हुँदाहुँदै पनि १८४५ मा उनले दुखी ,गरीब र अशक्त बिरामीहरुको सेवा गर्ने प्रतिबद्धता जनाइन् । सन १८४४ डिसेम्बरमा उनले चिकित्सा सुबिधा सम्बन्धि सुधारको कार्यक्रम ल्याइन ।पछि रोमका प्रखर राजनेता सिड्नी हेवर्ट सँग उनको मित्रता भयो ।
नर्सिङको अतिरिक्त लेखन र सप्लाइड स्टाटिस्टिक्सको क्षेत्रमा पनि उनको दखल थियोे । फ्लोरेन्सको सबभन्दा महत्त्वपूर्ण योगदान कृमिया युद्धमा रह्यो । सन् १८४८ अक्टोबरमा उनले ३८ जना महिलाहरुको एउटा टोली तयार गरिन र घाइतेहरूलाई सेवा गर्न टर्की पठाइन ।उनको यस समयको सेवाको कारण उनलाई ’द लेडि विथ द ल्याम्पझको उपाधिले सम्मानित गरियो ।
पहिलेको समयमा घाइते ,दुखी, रोगी ,असहाय आदिलाई सहयोग र सेवा गर्ने कार्य प्रायः हुँदैनथ्यो ।त्यसमा पनि उच्च घरानिया मानिसले नर्सिङको काम गर्न त वर्जित नै थियो अथवा जात गएको ठानिन्थ्यो । फ्लोरेन्सले त्यसबेलाको पुरातनवादी सोँचलाई चिर्दै नयाँ युगको सुरुवात गरेकी थिइन् ।
उनले आफ्ना कोही सुसारे नभएका घाइतेहरूको सेवा गर्दथिन ।उनले बिरामीलाई दिएको स्पर्सले जादुको शक्ति पैदा गर्दथ्यो ।बिरामीको उपचार गर्ने डक्टरहरु घर फर्किसकेपछि रातको अंध्यारोमा पनि फ्लोरेन्स सेवामा जारी रहेकी हुन्थिन् । रातैभर जागै भएर हातमा लाल्टिनलिई सबै बिरामीहरुसँग पुगी सेवागर्ने तत्परता देखाइरहने भएकाले उनलाई ’’द लेडी विथ द ल्याम्पझझभनिएको हो।
युद्धका घाइतेहरुको सेवा गर्दा गर्दै उनलाई गम्भीर संक्रणले समात्दथ्यो तापनि उनी कहिल्यै बिचलित हुँदैनथिन । सन् १८५९ मा फ्लोरेन्सले सेन्ट थोमस अस्पतालमा एक नाइटिङ्गल प्रशिक्षण विद्यालयको स्थापना गरिन् । यसैबेला उनले ’नोट्स अन नर्सिङ झकिताब लेखिन । जीवनको बाँकी समय उनले नर्सिङको कार्य बढाउने वा यसलाई आधुनिक रुप दिने कार्यमा ब्यतित गरिन । सन् १८६९ मा उनलाई महारानी भिक्टोरियाले रोयल रेडक्रस सम्मानबाट सम्मानित गरिन ।सन् १९१०,१३ अगस्टमा ९० वर्षको उमेरमा उनको निधन भयो ।
फ्लोरेन्स नाइटिङ्गलकै प्रेरणाद्वारा नेपाली महिलाहरूलाई पनि नर्सिङ क्षेत्रमा आउने प्रेरणा प्राप्त भएको हो भन्न सकिन्छ ।(विकिपिडिया )
नेपालमा नर्सिङको इतिहास
नेपालमा नर्सिङको इतिहास धेरै पुरानो छैन ।तर अहिले आएर यसको बिकास पनि धेरै भएको छ र महत्व पनि बढेर गएको छ । नर्स बिनाको अस्पतालको कल्पना पनि गर्न सकिँदैन । हाम्रो देशमा सबैभन्दा पहिले सन् १९४७ मा वीर अस्पतालको स्थापना भएको थियोे ।स्थापनापछि त्यहाँ स्वास्थ्य सहायकको रूपमा कामगर्ने केही कम्पाउन्डर र भारतबाट तालीम लिएर आएका २÷४ जना ब्यक्तिहरु मात्र थिए ।कम्पाउन्डर वा डक्टर स्वयंले ड्रेसिङ गर्ने , सूइ लगाउने र औषधि बितरण गर्ने जस्ता कामहरू गर्दथे ।
नेपालमा नर्सिङको इतिहास बि.सं. २०१३ देखि सुरु भयो । त्यतिबेला केही गृहिणी महिलाहरूले नर्सिङ सम्बन्धि तालिम लिएर काम गर्न थाले । राणाशासन कालमा राणाहरुका सम्भ्रान्त परिवारमा नर्सिङको महत्व बुझेर नेपालमा नर्सिङको सुरुवात भएको थियोे ।त्यतिबेला ४ जना नेपाली चेलीहरु बिधावती कंसाकार , राधादेवी मालाकार , धर्मदेवी कंसाकार र विस्नुदेवी राईले भारतको इलाहबादबाट तालीम लिएर आएको इतिहास छ ।
त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४वर्ष ९महिनाको कोर्ष सकेर आउन थाले ।आज नेपालमा गल्ली गल्लीमा अस्पतालहरु छन् ।नर्सहरुको बाक्लो उपस्थिति छ । कैयौं नर्सिङ कलेजहरु खुलेका छन् ।नर्सिङ पढेका महिला बिदेश जान सहज हुने भएको हुनाले यसप्रति आकर्षण बढ्दै आएको छ । सुरुका दिनहरुमा नर्सिङ पेशालाई दुखलाग्दो ब्यवसायकारुपमा लिइन्थ्यो तापनि अहिले आएर हाम्रो समाजमा नर्सहरुको ब्यवसायमा उत्साहजनक रूपमा उपस्थिति बढेर गएको छ ।
राष्ट्रिय नर्सिङ दिवस नेपालमा हरेक वर्ष जनवरी महिनाको २८ तारीख तदनुसार माघ १५ गते का दिन मनाइन्छ ।बिक्रम सम्बत २०१८ सालमा नेपाल नर्सिङ संघको स्थापना भएको थियोे । त्यही दिनको सम्झनामा हरेक वर्ष माघ १५गतेका दिन राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिएको छ । अहिले ६३औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना !
मितिः २०८१ साल माघ १५ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित