हिरामणि दुःखीको कथासंग्रह “हेडक्वार्टर” बजारमा

काठमाण्डौ । साहित्यकार हिरामणि दुःखीद्वारा लिखित कथासंग्रह “हेडक्वार्टर” प्रकाशित भएको छ ।उक्त कृतिलाई मई दिवसका दिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कावा महासचिव सीपी गजुरेल गौरवले विमोचन गरेका हुन् । प्रारम्भिक पृष्ठ १२ र पाठ्यपृष्ठ १९० सहित २०२ पृष्ठको उक्त कथा संग्रहमा १५ वटा कथालाई संकलन गरिएको छ । लालुपाते फुलेको याम , उसको आस्था गलेन , पुनर्मिलनपछि , आरोह अवरोह ,हेडक्वार्टर ,मनकुमारी, रेमिट्यान्स, सपना बदलिए पछि , बर्थडे , ऊ मुग्लान भासियो , हृदयको घाउ ,कमरेड पुत्रीको बिहे , फोनको घण्टी , कालुराम थारु ,युटोपिया शीर्षकमा कथाहरु यस संग्रहमा जनयुद्धकालीन कथाहरु र जनयुद्धपछिका कथाहरु संग्हमा परेका छन् ।
प्रकाशित कृतिमा हिसाबले साहित्यकार दुःखीको यो पाँचौं कृति हो। यसभन्दा पहिले परिभाषा (कवितासंग्रह २०६१ ) जुन पस्किने यात्रामा (कवितासंग्रह २०६५) युद्धका कथाहरु ( कथा संग्रह २०६९) र स्मृतिका कुइनेटा (संस्मरण संग्रह २०७० ) प्रकाशित भइसकेका छन् ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको बिक्री मूल्य रु ४०० राखिएको छ । साहित्यकार दुःखीका यसभन्दा पहिलेका कृतिहरुलाई जस्तै कथा संग्रह “ हेडक्वार्टर”लाई पनि पाठकहरुले रुचिपूर्वक अध्ययन गर्नेछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित