काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्ले हिजो कात्तिक १८ गते नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा आएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार काफ्लेलाई संगठनद्वारा सम्पादित जनसरोकारका कामकारबाही सञ्चार माध्यममा सम्प्रेषण गर्न केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघि केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी विनोद घिमिरेले सम्हालेका थिए। घिमिरे नेपाल प्रहरीको प्रशासन अन्तरगत सामान खरिद विभागमा गए पछि अविनारायण काफ्ले नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।
Comments

