नेकपा (मशाल) कैलाली र डडेल्धुरामा प्रवक्ता चयन

कैलाली । नेकपा (मशाल) कैलाली जिल्ला प्रवक्तामा नरेश झुकाल चयन भएका छन् । राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका केन्द्रीय वैकल्पिक सदस्य रही काम गर्दै आएका झुकाल हाल नेकपा (मशाल)ले वैधानिक मोर्चा विघटन गरी नेकपा (मशाल) मात्रै बनाउने विशेष महाधिवेशनको निर्णय अनुसार नेकपा (मशाल) मा संगठित भई प्रवक्तामा चयन भएका हुन् ।

डडेल्धुरा :
नेकपा (मशाल) डडेल्धुरामा प्रवक्तामा प्रकाश ऐर चयन भएका छन् । राष्ट्रिय जनमोर्चा डडेल्धुरा जिल्ला समिति उपाध्यक्ष रही जिम्मेवारी पूरा गर्दै आएका ऐर हाल नेकपा(मशाल) मा आबद्ध भई प्रवक्ता समेत चयन भएका हुन् । नेकपा (मशाल)को विशेष महाधिवेशनले पार्टीका नीति, धारणाहरु जनतासमक्ष लैजानको लाग केन्द्रदेखि जिल्लासम्म प्रवक्ताको व्यवस्था हुने नीति बनाएकाले यसरी जिल्लामा पनि प्रवक्ता चयन गरिएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित