विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा चन्द्र थापा मगरलाई कांस्य पदक

 

काठमाडौं । विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा चन्द्र थापा मगरर्ले कांस्य पदक जितेका छन । मंसिर २४ गते ( २०२५डिसेम्बर १०) मा युएईको दुबईमा भएको खेलमा उनले सो सफलता हासिल गरेका हुन ।

५४ केजी तौलसमूहका चन्द्र थापा मगरले इरानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै ऐतिहासिक रूपमा कांस्य पदक सुनिश्चित गरेका छन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका खेलाडीलाई हराउँदै क्वाटरफाइनल सम्म यात्रा तय गरेका थिए। कांस्यसँगै उनले ७५ हजार अमेरिकी डलर बराबरको पुरस्कार रकम पक्का गरेका छन्। विश्व बक्सिङ च्याम्पियनसिपमा यो जीत हात पारेर चन्द्र थापा मगरले नेपालको इज्जत उँचो बनाएका छन ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित