साम्राज्यवाद र सर्वहारावर्ग बीच संघर्ष

 

शालिकराम भण्डारी

पुँजीवाद हुर्किंदै जाँदा प्रतिस्पर्धा आर्थिक अवस्थाले काम गर्न छोड्यो । यसले एकाधिकारको रुप लियो । जसको मतलव साम्राज्यवाद पुंँजीवादको उच्चतम अवस्था जहाँ पुँजीवाद र सर्वहारा वर्गबीच जुन संघर्ष हुन्थ्यो । अब साम्राज्यवाद र सर्वहारा दुई प्रतिकूल शक्ति भीडन्त गर्न थाले । औद्योगिक क्रान्ति सम्पन्न भएका देश यूरोप र अमेरिका यसरी अगाडि बढे । पहिले यूरोप शक्तिशाली थियो ।सुस्तसुस्त अमेरिकाको अर्थतन्त्रले सबैलाई उछिन्यो अहिले उ उच्चशिखरमा छ । कसैले प्रतिस्पर्धा गर्ने आँट गर्न सक्दैन । जसबेला विनासकारी महायुद्ध भए साम्राज्यवादीहरुबीच आपसी अन्तरविरोधले काम गरेको थियो । ताकत शक्तिमा अब अमेरिकी साम्राज्यवादको एकलौटे अधिकार छ । अन्य शक्तिमा अब अमेरिकी साम्राज्यवादको एकलौटे अधिकार छ । अन्य शक्तिले उसलाई चुनौती दिने हिम्मत गर्दैनन् । जहाँ जहाँ युद्ध हस्तक्षेप , महत्वपूर्ण साधन स्रोतमाथि अमेरिका कब्जा गर्न चाहन्छ । समक्षका देशहरुले सहमति दिन्छन् । औंठे छाप लगाइदिन्छन् । यसै साल मात्र दुई तीन राष्ट्रमाथि साम्राज्यवादले आक्रमण ग¥यो । कसैको सार्वभौमिक अखण्डता छिन्यो । कसैको छिन्न तिर मस्तसँग लागेको छ । जुन देशमा जस्तो साधन उपयुक्त हुन्छ त्यही प्रयोग गर्छ ।

यो मनपरितन्त्र हस्तक्षेपको कडा भन्दा कडा विरोध गर्ने ताकत पनि अर्कोतिर, मोर्चा बाँधेर बसेका छन् । ती हुन हरेक देशका मजदुर सर्वहारा, गरिब भूमिहीन किसान, सबभन्दा अग्रपंक्तिमा काम गर्ने क्रान्तिकारी शक्ति अर्को हरेक शोषित पीडित राष्ट्र र त्यहाँका बहुसंख्यक जनता यी मध्ये सबभन्दा बढी क्रान्तिकारी सर्वहारा मजदुरको सावित भएका छन् । त्यसैले कार्लमाक्र्सले सर्वहारावर्गलाई सम्बोधन गर्दै भनेका हुन् । “तिमी एकत्रित भएर अगाडि बढ तिम्रो केही जान्न, तिमीसँग बन्धन बाहेक अरु के छ र ? जित्न सक्यौ भने संसार तिम्रै हो । तिम्रै हुनेछ । सर्वहारा मजदुर किसानलाई दमन शोषण गर्ने साम्राज्यवादीको चालचलन देखेर सबै शोषित पीडित राष्ट्रका अन्य वर्गका मानिसहरु पनि शोषण दमन, विरुद्ध उत्रिन थालेका छन् । औपनिवेशिक शासन र बलजफती आक्रमण गरी लुटेर थुपारेको सम्पत्तिबाट विभिन्न खालका उद्योगहरु संचालन गर्न सक्षम भएका देश यूरोप, अमेरिका चेतना, सुन्य भएका देशबाट मानिसहरु सस्तो भाउमा आयात गर्छन्– रोजगारी उपलब्ध गराउँछन् । चेतना सून्य र चेतनशील दुवैले आफ्ना देशको तुलनामा धेरै राम्रो रोजगारी प्राप्त गरेका हुन्छन्, मस्त जीवन बिताउन सक्षम हुन्छन् । त्यसैले त्यस देशको पुँजीपतिवर्ग र त्यसको सरकार विरुद्ध हुलदंगा, संघर्ष गर्न भयभित हुन्छन् किनकि रोजगारी सुरक्षित राख्नु उनीहरुको मुख्य उद्देश्य हुन्छ । पुँजीपति वर्ग र सरकार पनि यही चाहन्छ । आफ्ना देशका नागरिकहरुले सधै चुनौती दिई रहन्छन् । यिनीबाट पुँजीपति र सरकारलाई कुनै डर भएन । यी आयातित मजदुर सर्वहाराले उल्टै त्यसदेशको प्रशंसा गर्छन् । अहिले रोजगारी दिने देशहरुमा अमेरिका, यूरोप, अस्टे«लिया, जापान र खाडी मुलुकहरु पर्दछन् । सबभन्दा बढी प्रशंसा गर्ने गुणगानमा नेपाली मजदुर सर्वहारा कुशल अकुशल पर्दछन् । नेपालका मजदुर सर्वहारा दुवै खालकालाई भारतले पनि प्रशस्त रोजगारी दिन्छ । रोजगार विहीन देशमा पहिलो नम्बरमा पर्छ नेपाल । दलाल पुँजीपतिवर्गले कब्जा गरेको कारण राष्ट्रिय पुँजीपतिवर्ग सारै कमजोर छ । राष्ट्रिय रोजगार पनि नभए बराबर छ । बाहिरका सुसम्पन्न देशमा भर पर्न पर्छ । अपमानित भएर पनि अनुशासित भै काम गर्नुपर्छ । जुन समय समयमा कानुनले तोकेभन्दा बढी पनि हुन्छ । कानुन नियमका विषय उठाएमा जहिले पनि निश्कासनको डर हुन्छ । यस साल मात्र अमेरिकी प्रशासनले कैयौं नेपालीलाई विनाकारण निकालेको ताजा खबर सबैलाई थाहा छँदैछ । ती सबै मानसिक, शारीरिक खालका मजदुर नै हुन् । त्यसै कारण साम्राज्यवादको शक्ति बलियो हुँदासम्म मजदुर सर्वहाराको संघर्ष रोकिंदैन । रुसी सर्वहारावर्गले लेनिनको नेतृत्वमा साम्राज्यवाद विरोधी संघर्ष ग¥यो । फलस्वरुप अक्टोबर १९१७ मा सत्ता हात पा¥यो । सर्वहारावर्गको पार्टी कम्युनिस्ट पार्टीले सर्वप्रथम रुसमा समाजवादको निम्ति बाटो खोल्यो । रुसको आर्थिक अवस्था पुँजीवादमा गैसकेको थियो अर्थात् अन्य पश्चिमी देशसँग टक्कर लिन सक्षम भैसकेको थियो ।तर एसियाको त्यो ठूलो विशाल देश औद्योगिक क्रान्ति प्रवेश गर्न सकेको थिएन । सामन्तवादी अर्थव्यवस्था प्रवल थियो । त्यो चीन हो, अझ अर्कोकुरा त्यहाँ औपनिवेशिक, साम्राज्यवाद, खास गरेर जापानी साम्राज्यवाद बलियोसँग स्थापित भैसकेको थियो ।

त्यसदेशले पनि सर्वहारावर्ग क्रान्ति सफल ग¥यो । समाजवादी बाटोमा जान सक्यो । चिनी कम्युनिस्ट पार्टी र त्यसका नेता क. माओ–त्सेतुङको कठोर परिश्रमको फल हो । त्यो नेतृत्वले रुसी पद्धति जस्ताको तस्तै नक्कल गरेन । आफ्नो सामाजिक, आर्थिक, राजनैतिक अवस्थालाई ख्याल ग¥यो अध्ययन ग¥यो । चीनको संघर्षशील शक्ति सर्वहारावर्ग मात्र भएन । असंख्य गरिब भूमिहीन किसान, मध्यमवर्गीय पनि, निम्न पुँजीपतिवर्ग र धेरै हदसम्म राष्ट्रिय पुँजीपतिवर्ग पनि साथै देशभक्त, राष्ट्रप्रेमी, सामेल भए । पुँजीवादी लोकतान्त्रिकहरुले साथ दिनपछि परेनन् । त्यहाँका कम्युनिस्ट पार्टी माओको नीति कार्यक्रम सुरु देखि नै सामन्तवाद, साम्राज्यवादविरोधी हुन गयो । संघर्षको स्वरुप सशस्त्र गर्न पार्टीलाई बाह्य हुनुप¥यो । त्यसैले माओले भनेका हुन राजनैतिक सत्ता बन्दुकको नालीबाट मात्र प्राप्त हुन्छ । रुसको राजनैतिक अधिनायक सर्वहारावर्गको हातमा एकलौटे थियो, तर चीनमा यो अधिनायकत्व संयुक्तमाथि उल्लेखित सबैको साझा भयो । सर्वहारावर्गको अधिनायकत्व प्राप्त गर्न केही समय लाग्यो । सुस्तसुस्त हुँदै गयो । सत्ता भन्नु नै अधिनायकत्व, तानाशाहीपन हो। यसलाई लुकाउन छिपाउन हुँदैन । ठूलो फरक एउटा कुरा छ । सर्वहारावर्गको अधिनायकत्व तानाशाहीपन अति सानो अल्पसंख्यक जसको हातमा शक्ति र सम्पत्ति केन्द्रित छ माथि मात्र हो । व्यापक ठूलो बहुसंख्यक जनता स्वतन्त्र हुन्छन्, समान अधिकार प्रयोग गर्छन । न्यायपूर्ण समाजमा बस्छन् । अल्पमतको अधिनायकत्वले बहुमतलाई दमन, शोषण, उत्पीडन गर्छ । सुख, शान्तिसँग जीविका धान्न दिंदैन । साम्राज्यवादी चरित्र यही हो ।

सामन्तवादी पृष्ठभूमि भएको देशले पनि सर्वहारावर्गको क्रान्ति सफल ग¥यो तर रुस जस्तै त्यति सहज तरिकाले हैन । यसलाई नयाँ जनवाद पार गर्दै वैज्ञानिक समाजवादमा जानु प¥यो । किनकि चिनियाँ कम्युनिस्ट पार्टी त्यसमा नेता क. माओ–त्सेतुङ विश्लेषणमा पुरानो जनवादलाई एकैचोटी फाल्न सम्भव देखिएन । नोकरशाही तथा दलाल पुँजीपतिवर्ग र ठूलाठूला भूमिपतिको सम्पत्ति मात्र राज्यले अन्य वर्गको हितको निम्ति नियन्त्रणमा लियो । अन्य मझौला तथा निम्न पुँजीपति वर्गलाई कडा कानुन अन्तर्गत रही पुँजी संचालन गर्न दियो । यो नीतिले एकातिर राष्ट्रिय पुँजी निर्माण भयो । अर्कोतिर सर्वहारावर्गको फौज पनि चारैतिर खडा भयो । यसरी चीनको पहुँच सर्वहारावर्गको क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादमा भएको हो । चिनियाँ सर्वहारावर्ग अन्य कमजोर निम्न वर्गसँग मिलेर साम्राज्यवादविरुद्ध संघर्ष गरेकै कारण चिनियाँ क्रान्ति सफल भएको हो । यसरी लेनिनको विश्लेषण आजको युग सर्वहारावर्ग र साम्राज्यवादबीच संघर्षको युग हो भनाई सत प्रतिशत ठीक हुन आउँछ ।

भारत लगायतका धेरै देशमा औद्योगिक क्रान्तिको गति तीब्र छ, सर्वहारावर्ग पनि दिन प्रतिदिन बढ्दै छ तर साम्राज्यवाद विरोधी संघर्षमा त्यति अगाडि उत्रिन सकेको छैन । कारण खोज्दा यसलाई नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको ठूलो संख्याले दक्षिणपन्थी बाटो, संसदीय बाटो प्रति जवरजस्त ढंगले मोडिनाले पाइयो –क्रान्तिकारी पार्टीहरु त्यहाँ पनि छन् । साम्राज्यवादको विरोधमा डटेर संघर्ष गरिरहेका छन् । तैपनि कमजोर अवस्थामा छन् । यी मध्ये नेपालको बारेमा विचार गर्दा पहिलो कुरा नेपाल कृषि प्रधान देश हो, औद्योगिक सर्वहारा शुन्य बराबर छ, सर्वहारावर्ग छैन भन्ने होइन, गरिखाने वर्ग रोजगारीको अभावमा छटपटाईरहेको छ । सम्पन्न विदेशी मुलुकमा हर साल ठूलो संख्यामा नियोजित भैरहन्छन् । यसले छिटै संघर्षमा भाग लेला भन्न सकिंदैन । बरु नेपाली मानसिक काम गर्ने मजदुरहरुले शारीरिक काम गर्नेलाई संघर्ष हुलदंगा गर्न नहुने शिक्षा दिन्छन् । तिनले त्यस देशको सरकारको एजेण्टको भूमिका निर्वाह गर्छन् ।

नेपालको वर्तमान स्थिति यही हो । यहाँ पनि दक्षिणपन्थी संसदवादी कम्युनिस्टहरु छयापछ्पायी छन्, ती सबैले साम्राज्यवादी शक्तिको सेवा चाकडी गर्छन् । सर्वहारावर्गको साम्राज्यवाद विरोधी संघर्षको नेतृत्व गरिरहेका क्रान्तिकारी पार्टीहरु यहाँ पनि छन् जसले वैकल्पिक कार्यक्षेत्र पूरा गरिसकेका छन् कसैले गर्दैछन् । तर अहिलेलाई केही कमजोर छन् । विदेशमा अपमानित पीडित भै काम गरिरहेका नेपाली मजदुर सर्वहारावर्गको घैंटोमा जसै घाम लाग्नेछन् साम्राज्यवाद विरोधी संघर्षमा तिनी पनि होमिनेछन् । संघर्षको भविष्य छिट्टै नै उज्यालो छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित