अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सम्पन्न

विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादीहरुको बढ्दो प्रभाव रोक्न र कम्युनिस्ट आन्दोलनलाई सही दिशामा मार्गदर्शन गराउन विश्वभरका माक्र्सवादी लेनिनवादी पार्टी र संगठनहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलन हालै विश्वको कुनै एक देशमा भूमिगत रुपमा सम्पन्न भएको घोषणा लण्डनमा १२ मार्चमा गरिएको थियो । सम्मेलनमा नेपालको प्रतिबन्धित नेकपा (मशाल) लगायत श्रीलंका, इरान, टर्की, ब्रिटेन, अमेरिका, डोमिनिकन रिपब्लिका, कोलम्बिया, हाइटी, न्यूजील्याण्डका कम्युनिस्ट पार्टीहरुले भाग लिएका थिए । व्यवहारिक जटिलताका कारणले कतिपय राष्ट्रका पार्टीहरु सम्मेलनमा आइपुग्न सकेनन् ।
उक्त सम्मेलनले “क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलनको घोषणा” पारित गरियो । त्यो दस्तावेज नेपाली समेत २२ भाषामा प्रकाशित गरिने भएको छ ।
सम्मेलनले ४ वटा प्रस्तावहरु पनि पारित ग¥यो । जसमा प्रथम का.चियाङ्ग चिङ्ग र का. च्याङ्ग चुन चियाओलाई बधाई पठाइयो, दोस्रो पेरुको सच्चा माक्र्सवादी लेनिनवादी पार्टीको नेतृत्वमा चलिरहेको सशस्त्र जनयुद्धलाई समर्थन र बधाई तेस्रो प्यालेस्टाइन जनताको न्यायोचित संघर्षको समर्थन र विश्वका सम्पूर्ण क्रान्तिकारी राजबन्दीहरुप्रति अभिनन्दन ज्ञापन ग¥यो । साथै आगामी मे दिवसलाई विश्व व्यापी रुपमा मनाउने निर्णय गरियो ।
आज अन्तर्राष्ट्रिय कम्युनिस्टहरुको संगठनको आवश्यकता यस सम्मेलनले पूरा गरेको कुरा विश्वका कम्युनिस्टहरुले महशुस गरेको कुरा राजनैतिक पर्यवेक्षकहरुले बताएका छन् ।
(यो समाचार हाँक साप्ताहिक, वर्ष १, अंक २५, २०४१ वैशाख ४ गते प्रकाशित भएको थियो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित