विद्यार्थी संगठन प्रतिबन्ध घोषणा बारे सामाजिक सञ्जालमा प्रतिक्रिया

खेम थपलिया
रवि –बालेन ९० लाख युवा विद्यार्थीहरूका दुश्मन बन्दै ।
जुन विद्यार्थी सङ्गठन राणाविरोधी आन्दोलनमा होमियो, जुन विद्यार्थी सङ्गठनले राजा वीरेन्द्रलाई जनमत सङ्ग्रह गर्न बाध्य बनायो, जुन सङ्गठनले राजतन्त्रात्मक फासिस्ट पञ्चायती व्यवस्थालाई ढाल्न महत्वपूर्ण भूमिका खेल्यो, जुन सङ्गठनले नेपालमा गणतन्त्र ल्याउन जनयुद्धसहित जनआन्दोलनहरूमा अविराम बलिदानीपूर्ण लडाइँ लड्योस त्यही सङ्गठन प्रतिबन्धित १ युवा विद्यार्थी साथीहरू, एक मिनेट पनि ढिला नगरी सडकमा ओर्लिनुहोस् । एउटा महान् बलिदानबाट प्राप्त अधिकारको रक्षार्थ अर्को महान् बलिदानको आवश्यकता पर्छ भन्ने कुरालाई आत्मसात गर्नुहोस् ।

लेखनाथ न्यौैपाने
बोलेकै आधारमा फासीमा झुन्ड्याएर हत्या गरिएका गंगालाल (प्रथम विद्यार्थी सहिद )को वलिदानी जगमा बनेको नेपाली विद्यार्थी आन्दोलन ।
–राजनीतिक पार्टीहरु प्रतिबन्धित हॅुदा समेत पंचायतले प्रतिबन्धित गर्न नसकेको नेपाली विद्यार्थी आन्दोलन जसले निर्विल्प भनिएको पंचायतलाई विकल्प (जनमत संग्रह) खोज्न बाध्य पारेको थियो ।
–संकटकालमा आतकंकारी घोषणा गरेर प्रतिबन्धित गर्दा समेत शक्तिशाली आन्दोलन मार्फत आतकंकारीको आरोप फिर्ता गरेर खुल्ला भएको नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलन ।
हामीले जीवनसॅग साटेर स्थापना गरिएको गणतन्त्रमा प्रतिबन्ध किमार्थ स्वीकार्य छैन।
प्रतिरोधले मात्र रक्षा हुन्छ । हामी साथमा छौं, साच्चै गंगालालको उत्तराधिकारी बन्ने चुनौति सामना गर्दै अगाडि बढ्नुहोस् विद्यार्थी साथीहरु ।

प्रतिभा पौडेल
विश्वविद्यालय तथा क्याम्पसहरुबाट विद्यार्थी संगठनहरु हटाउने वा उनिहरु माथी प्रतिबन्ध लगाउने सरकारी निर्णय र त्यसको कार्यान्वयन प्रकारान्तले राजनितीक दलहरु माथी कै प्रतिबन्ध हो। राजनीतिक दलहरु र विद्यार्थी संगठनहरुप्रती घृणा फैलाएर देश निरङ्कुश फासिवादी अभ्यास तर्फ लम्काउनु र त्यसमा सचेत भनिएको वौद्विक वर्गले समेत समर्थन जनाउनु लोकतान्त्रिक गणतन्त्र माथी नै प्रश्न खडा गर्नु हो ।तथा कथित वौद्विक, विश्वविद्यालयका उपकुलपति तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्षहको समर्थन एउटा हास्यास्पद र निरर्थक अनुमति मात्र हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित