प्र.ने.क.पा. (मशाल) ले चितवनको पंचायती उपचुनावको सक्रिय बहिष्कार गर्ने

यही वैशाख २० गते बखान सिंहको मृत्युबाट रिक्त हुन आएको रा.पं.स.पदमा हुने उपचुनावको सक्रिय बहिष्कार गर्ने प्रनेकपा (मशाल)ले चितवनका सम्पूर्ण जनसमुदायलाई अपिल गरेको छ ।
२०३५–३६ को जनसंघर्षबाट मरणासन्न अवस्थामा पुगेको पंचायतलाई कथित जनमत संग्रहले स्वास हाल्ने काम गरे पनि गत राष्ट्रिय पंचायतको र स्थानीय चुनावको सक्रिय बहिष्कार भएको थियो । बहिष्कारको क्रममा पंचायती सरकारले नांगो रुप देखाई अर्घाखाँचीका टंक भूसाललाई हत्या गरेको थियो भने कैयौंलाई जेल र नेलको सजाय दिएको थियो ।
अहिले हुन लागेको चितवनको उपचुनाव अत्यधिक रुपमा असफल हुनेछ भन्ने सम्बन्धित क्षेत्रको गतिविधिबाट थाहा भएको छ ।
यसैक्रममा चितवन जिल्लाका जिल्ला समितिहरु अनेकिसंघ, अनियुसंघ, अनेमसंघ र अनेटे«युहरुले सक्रिय बहिष्कारको अपिल गर्दै पर्चा वितरण गरेको छ । त्यस्तै अनेरास्ववि(आठौं)चितवन जिल्ला समितिले पनि बहिष्कार गर्न आह्वान गर्दै पर्चा छरेको थाहा भएको छ ।
लामा राजनीतिक समूहहरु “झापाली चितवनको सर्वहारावादी कम्युनिस्ट लिगलगायत अन्य समूहहरुको बहिष्कारसम्बन्धी कुनै कार्यक्रमहरु नल्याईनाले अप्रत्यक्षरुपमा भाग लिन थालेको हो कि भनी शंका गर्ने ठाउँ रहेको छ । प्रनेकाले आफ्नो उम्मेदवार उठाएको चर्चा चलेको कुरा समाचारमा उल्लेख छ ।
झापा समूहभित्रका कार्यकर्ताले भाग लिने विषयमा विरोध गरेको हुँदा केन्द्रीय लाइन कुन नभएको उक्त समूह रणभूल्लमा परी कार्यकर्ताहरु कसैले भिमबहादुर र कसैले पुण्यप्रताप राणालाई जिताउन प्रचार गर्ने गरेका छन् भन्ने चर्चा छ ।
यसरी नेपालमा दक्षिणपन्थी हावाले गर्दा सम्पूर्ण राजनैतिक समूहहरु चुनावलाई सदुपयोग गर्ने ? नाममा जनमानसमा भ्रम सिर्जना गर्न लागेको अवस्थामा ने.क.पा.(मशाल)ले सही दिशामा लान कम्मर कसेकोले र यो चुनाव सक्रिय रुपमा बहिष्कार गर्दा जनसमुदायको अरु बढी समर्थन प्राप्त भएको प्रबुद्ध वर्गहरुले ठानेका छन् भन्ने पनि समाचार सूत्रले उल्लेख गरेको छ । (नोटः यो समाचार हाँक साप्ताहिक, वर्ष १, अंक २७, २०४१, वैशाख १३ गते, मा प्रकाशित भएको थियो )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित