अर्घाखाँचीमा लेनिन जयन्ती तथा नेकपा स्थापना दिवस सम्पन्न

सन्धिखर्क । अर्घाखाँचीमा १५७औं लेनिन जन्म जयन्ती र ७८औं नेपालको कम्युनिस्ट पार्टीको स्थापना दिवस सम्पन्न भएको छ । कार्यक्रममा ५ नम्बर ब्यूरो सचिव जितामित्र सुनार प्रमुख अतिथि हुनुहुन्थ्यो । पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य पिताम्बर भट्टराई, क्रान्तिकारी महिला संगठनको केन्द्रीय सदस्य सिता भट्टराईले पनि सम्बोधन गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन खेमराज भट्टराई र अध्यक्षता जिल्ला सचिव राजेन्द्र नेपाली गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित