केन्द्रीय सदस्य शेर बहादुर दयालप्रति भावपूर्ण हार्दिक श्रद्धांजली

बेंगलोर ।अखिल भारत नेपाली एकता समाजले समाजका केन्द्रीय सदस्य तथा वेंगलोर नगर समितिका सदस्य कमरेड शेर बहादुर दयालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।वहाँको दुःखद निधनको खबरले एकता समाजलाई मर्माहित तुलाएको एकता समाजले जनाएको छ । वहाँको दुःखद निधनले अखिल भारत नेपाली एकता समाजलार्इ अपुरणीय क्षति पुराएको छ । अखिल भारत नेपाली एकता समाजले वहाँको दुःखद निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक संतप्त परिवार प्रति हार्दिक संवेदना प्रकट गरेको छ ।

वहाँ लामो समय देखि मुटु रोगबाट ग्रस्त हुनुहुन्थ्यो। हाल मुटु सम्बन्धी समस्या बढी भएकोले उपचारको लागि बेंगलोरको अगाडि हस्पिटलमा अडमिट हुनु भएको थियो। उपचारका क्रममा २२ अप्रेल २०२६ का दिन राति करिव ११ बजे ५२ वर्षको उमेरमा शेर बहादुर दयालको दुःखद निधन भएको छ। वहाँको स्वदेश घर बैतडी जिल्ला, पाटन नगरपालिका वार्ड नंबर ६ सन्तोलीबाट बसाइँसराइ गरी हाल कैलाली जिल्ला घोडाघोडी नगरपालिका वार्ड नंबर १ सुकडमा रहदै आउनु भएको छ। भने करिब १९९५ देखि वेंगलोरमा कार्यरत हुनुका साथै अखिल भारत नेपाली एकता समाजमा आवद्ध हुनु भएको थियो। वहाँकी श्रीमती कलावती दयाल एकता समाजको केन्द्रीय सदस्य हुनुहुन्छ। वहाँका एक छोरा एक छोरी छन्। वहाँ एक सक्रिय, मिलनसार, जुझारू, कर्मठ, लगनशील र निष्ठावान सदस्य हुनुहुन्थ्यो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित