तान्जानियामा मारवर्ग भाइरसको संक्रमण

चैत्र ८, काठमाडौं । अफ्रिकी देश तान्जानियामा मारवर्ग नामक कडा किसिमको भाइरसको संक्रमण देखिएको छ । यो भाइरसको आक्रमणबाट पाँच जनाको मृत्यु भएको र १७१ जनालाई निगरानीमा राखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो भाइरस इबोला भाइरस जस्तै कडा भएको बताइएको छ ।

यो भाइरसको संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, बान्ता हुने, रगत बग्नुका साथै मुत्र प्रणालीले काम नगर्ने लक्षणहरु देखिने गर्दछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित